logo

कीर्तिपुरलाई पर्यटन हव बनाउन ‘कीर्तिपुर एकीकृत पर्यटन विकास परियोजना’ 

    2226   पटक पढिएको


३० साउन/अर्थ र व्यापार– कीर्तिपुर नगरपालिकाले कीर्तिपुरलाई पर्यटन हव बनाउन ‘कीर्तिपुर एकीकृत पर्यटन विकास परियोजना’ सञ्चालनमा ल्याउने भएको छ । 

नगरपालिकाको हालै सम्पन्न नगरसभाले कीर्तिपुर क्षेत्रको पर्यटकीय विकासको लागि उक्त परियोजना शुरु गर्ने निर्णय गरेको हो । 
यहाँका प्राचीन महत्वका सम्पदास्थललाई प्रचारप्रसार गरी  पर्यटकीय क्षेत्रका रुपमा व्यवस्थित गर्ने नीति परियोजनामा लिइएको नगरपालिका उपप्रमुख सरस्वती खड्काले जानकारी दिए । 

आगामी भदौभित्र चालू आवको प्रथम चौमासिकभित्र परियोजना कार्यान्वयनमा ल्याउने योजना छ । परियोजनाअन्तर्गत पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि आवश्यक उद्योग, होटललगायत पूर्वाधारको विकास तथा नयाँ पर्यटकीय गन्तव्यको सम्भाव्यता अध्ययनसमेत पर्दछन् ।  

खासगरी शहरी क्षेत्रमा मा नेवार जाति तथा समुदायको मुख्य बसोबास रहेको कीर्तीपुरमा विभिन्न जाती, भाषा र संस्कृतीको विविधता छ ।  नगरमा मल्लकालीन समयदेखि विकास भएका विभिन्न कला र संस्कृतिको प्रभाव पाइन्छ । 

कीर्तिपुर नगरपालिका भित्र ट्याङ्ला फाँट, चम्पादेवी, पाँगा, चोभार, भाजङ्गल, ट्याङ्ला फाँट, चम्पादेवी, नगाउँ, सल्यानस्थान, नयाँबजार र भत्केपाटी जस्ता प्रमुख स्थान छ । 

कीर्तिपुर शहरको उत्तरमा काठमाडौँ महानगरपालिका, दक्षिणमा दक्षिणकाली नगरपालिका पूर्वमा वाग्मती नदी, पश्चिममा चन्द्रागिरि नगरपालिका पर्दछ । 

अधिकांश भाग कृषि क्षेत्र र जङ्गलले ओगटेको नगर क्षेत्र वरपरका भागमा राम्रो र व्यवस्थित सडक यातायातको सुविधा विस्तार हुन सकेको छैन ।

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा शुरु भएको आधुनिक नेपाल निर्माणका क्रममा कीर्तिपुरलाई तीन पटक आक्रमण गरेको इतिहास छ ।  

कीर्तिपुर नगरपालिकामा कर्कोटक नागको वासस्थान टौदह, जलविनायक, आदिनाथ मन्दिर, पोखरी, चिलन्चो विहार, उमामहेश्वर, जस्ता धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने सम्पदास्थल छन् । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।