logo

सगरमाथा क्षेत्र भ्रमणमा जाँदा अब पीसीआर रिर्पोट नचाहिने

    1543   पटक पढिएको

११ माघ/अर्थ र व्यापार– नेपालको मूख्य पर्यटकीय गन्तब्य सगरमाथा क्षेत्रमा भ्रमणमा जाँदा अब कोरोना भाइरसको परीक्षण गरेको नेगेटिभ रिर्पोट नचाहिने भएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले गाउँपालिका भित्र प्रवेशका लागि पिसिआर नेगेटिभ रिर्पोट अनिवार्य चाहिने यसअघिको प्रावधान हटाउने निर्णय भएको बताए ।

भट्टराईले माघ १० बाट लागू हुने गरी यो प्रावधान हटाउने निर्णय भएको जानकारी दिए । उनले गाउँपालिकाले सबै हवाई कम्पनीलाई पत्र काटि जानकारी गराएको बताए । हाल लुक्लामा काठमाडौं र रामेछापको मन्थलीबाट उडान भइरहेको छ ।

अहिले लक्षण देखिएका र शंकास्पद व्यक्तिलाई पासाङल्हामु निकोल निक्की अस्पताल लुक्लामा एन्टीजिन परीक्षण गर्न स्वाव संकलनको व्यवस्था पनि मिलाइएको छ ।

सरकारले लकडाउनलाई पूर्णतया हटाएको अवस्थामा गाउँपालिकाको यो निर्णय आएसँगै खुम्बु क्षेत्रमा भ्रमण गर्ने पर्यटकलाई सहज हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।