logo

जाजरकोट महोत्सव शुरु 

    1946   पटक पढिएको


१३ पुस / अर्थ र व्यापार - दोस्रो जाजरकोट महोत्सव सदरमुकाम खलंगामा शुरु भएको छ । जिल्लाको कला, संस्कृतिको प्रवद्र्धन, स्थानीय उत्पादनको व्यवसायीकरणका लागि दोस्रो जाजरकोट महोत्सव बुधबारदेखि शुरु भएको हो । उद्योग वाणिज्य संघ जाजरकोटको आयोजना तथा भेरी नगरपालिकाको सहआयोजनामा त्रिभुवन माध्यमिक विद्यालयको प्रांगणमा महोत्सव सञ्चालन भइरहेको छ । छ दिन विद्यालय बन्द गरी महोत्सव शुरु भएको छ ।

‘कला, संस्कृति, पर्यटन, कृषि उत्पादन र औद्योगीकरण हाम्रो अभियानः आत्मनिर्भर, स्वाभिमानी र समुन्नत जाजरकोटको निर्माण’ भन्ने नाराका साथ पाँच दिनसम्म महोत्सव सञ्चालन हुने भएको छ । महोत्सवका साथै कृषि पर्यटन तथा व्यापार मेलाका माध्यमबाट स्थानीय कला संस्कृतिको प्रवद्र्धन तथा उत्पादनलाई व्यवसायीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जाजरकोट उद्योग वाणिज्य संघले जनाएको छ ।

महोत्सवको आकर्षणका रुपमा लोपोन्मुख तथा पौराणिक पहिचान झल्काउने डढझाँकी, स्थानीय बाजागाजा तथा लोकनृत्य रहनेछन् । मेलामा जिल्लामा पाइने बहुमूल्य पत्थर, जडीबुटी, फलफूल, सरु तथा छेडागाडका माछा, सुन्तला, मह, घ्यू, बारेकोटी गाभा, राडीपाखीलगायत घरेलु उत्पादन प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् ।महोत्सवमा प्रतियोगितात्मक कृषि प्रदर्शनी पनि राखिएको उद्योग वाणिज्य संघका अध्यक्ष कर्णबहादुर खत्रीले बताउनुभयो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।