logo

अन्तराष्ट्रिय टुरिजम हीरो अवार्डद्धारा पर्यटन बोर्डका निवर्तमान सीईओ जोशी सम्मानित

    2405   पटक पढिएको


२५ कात्तिक/अर्थ र व्यापार– वर्ल्ड टुरिजम नेटवर्कले नेपाल पर्यटन बोर्डका निवर्तमान सीईओ तथा  टुरिज्म रिकभरी टास्कफोर्स–नेपालका संयोजक दीपक राज जोशीलाई अन्तराष्ट्रिय टुरिजम हीरो अवार्डद्वारा सम्मान गरेको छ ।

दक्षिण एशियाबाट अन्तराष्ट्रिय टुरिजम हीरो अवार्ड प्राप्त गर्ने प्रथम व्यक्तिका रुपमा जोशी  ‘ईन्टरनेशनल हल अफ टुरीजम हीरोज’ को सदस्यसमेत पाउने पहिलो नेपाली बनेका छन् ।

जोशीलाई पर्यटन क्षेत्रको दिगो बिकास र प्रवर्द्धनका लागि निर्वाह गरेको उल्लेखनीय भूमिका, निरन्तर क्रियाशीलता, सकारात्मक योगदान र कोरना महामारीका कारण सिथिल बनेको पर्यटन क्षेत्रको पु¥याएको योगदानको लागी सो अवार्ड प्रदान गरिएको हो ।  

विश्वभरीबाट पर्यटन क्षेत्रमा आबद्ध व्यक्तिहरुको मूल्यांकनका आधारमा उत्कृष्ट, समर्पित एवं उल्लेखनीय योगदान दिदै क्रियासिल व्यक्तित्वलाई अवार्ड प्रदान गरिन्छ । 

अवार्ड पाउने अन्य व्यक्तिहरुमा सेशेल्सका पर्यटन मन्त्री अलेन स्ट अंगे, क्वीआई ग्रुपका निर्देशक विजय पूनूसम्त, अफ्रिकन  टुरिज्म बोर्डका अध्यक्ष्य काथबर्ट एनक्यूब, जिम्बावेका भूपू पर्यटन मन्त्री डा वाल्टर मेक्सेम्बी, विश्व पर्यटन संगठनका निवर्तमान महासचिव डा तालेब रिफाई, केन्याका पर्यटन सचिब नाजिब बलला र जमैकाका पर्यटन मन्त्री एडमण्ड बार्टलेट जस्ता व्यक्तित्वहरु समावेश छन ।  

जोशीले यस अर्वाड प्रदान गर्ने विश्व पर्यटनका दिग्गज व्यक्तित्वहरुलाई धन्यबाद व्यक्त गर्दै यस अवार्डले आफूलाई पर्यटन बिकास र पुनरुत्थानका लागि थप सक्रिय हुन प्रेरित गरेको प्रतिक्रिया दिएका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।