logo

इन्डो–नेपाल फ्रेन्डसिप मिट मा नेपाल–भारत पर्यटन प्रवर्द्धनमा जोड

    1903   पटक पढिएको


१९ आषाढ/अर्थ र व्यापार– भारतको कोलकातास्थित नेपालको महावाणिज्य दूतावासले भारतको पश्चिम बंगाल स्थित पर्यटकिय केन्द मिरिकमा आयोजित तेस्रो ‘इन्डो–नेपाल फ्रेन्डसिप मिट’ सम्पन्न भएको छ ।

तेस्रो ‘इन्डो–नेपाल फ्रेन्डसिप मिट’मा प्रदेश नम्बर १ र उत्तर–पुर्वी भारतको पर्यटनको विकासका लागि दुबै देशका सरकारी अधिकारीले आवश्यक पहल थाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भारतको कोलकातास्थित महावाणिज्यदूतावासका महावाणिज्यदूत एकनारायण अर्यालका अनुसार दुबै मुलुकका १ सय ७ प्रतिनिधि सहभागी भएको भेलाले मिरिक घोषणापत्र तयार पारेको छ । 

घोषणापत्रमा नेपाल सरकारले अघि सारेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै नेपाल र भारतबिचको पर्यटन सर्किटलाई प्रोत्साहन गर्ने उल्लेख गरिएको छ ।

पुर्वी नेपाल र बङ्गाल क्षेत्रको हिमाली पर्यटनमा वृद्धि गर्न सहकार्य गर्ने, सीमा क्षेत्रमा हुने अवैध मुद्रा सङ्कलनलाई बन्द गर्ने, दुबै मुलुकमा ग्रामीण पर्यटनलाई प्राथमिकता दिने र ग्रामीण क्षेत्रमा होम–स्टेको प्रवद्र्धन गर्ने घोषणा पनि कार्यक्रमले गरेको छ । 
घोषणापत्रमा होम–स्टेको प्रवद्र्धनका लागि तालिम कार्यक्रम सञ्चालन गर्ने, दुबै तर्फका पर्यटन व्यवसायीका लागि संयुक्त आचार–संहिता तयार गर्ने, इलाम–मिरिक–दार्जि्लिङ सडकलाई पर्यटनको मुख्य मार्ग बनाउने र पर्यटनको विकासका लागि स्थानीय वासिन्दाको सरोकार एवम् सहभागितामा जोड दिने उल्लेख छ ।

घोषणापत्रमा दुबै तर्फका ग्रामीण परम्परा, संस्कृति, प्रकृति, वास्तुकला, खाद्य पदार्थ र औषधीय वनस्पतिको संरक्षण गर्ने तथा भारतीय क्षेत्रमा पर्यटकको सूचना प्रहरीलाई दिने कामलाई सरल बनाउनु पर्ने बताइएको छ ।

कार्यक्रममा महावाणिज्य दूत अर्यालले नेपाल सङ्घीय प्रणालीमा गइसकेको उल्लेख गर्दै प्रदेशस्तरीय सरकारले आफ्नो प्रदेशमा पर्यटन क्षेत्रको विकासका लागि काम गर्नुपर्ने धारणा प्रकट गरे।

मिरिक नगरपालिकाका उपाध्यक्ष एमके जिम्बाले अहिले मिरिकको विकासका लागि पश्चिम बङ्गाल सरकारले एक सय करोड लगानी गरिरहेको जानकारी दिए ।

कार्यक्रममा झापा र इलामका प्रमुख जिल्ला अधिकारी, वन कार्यालयका प्रमुखसहित नेपालका पर्यटन व्यवसायी सरिक थिए।
भारततर्फबाट मिरिकका अधिकारी, सशस्त्र सीमा सुरक्षा बलका अधिकारी तथा भारतका पर्यटन व्यवसायीको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।