logo

नेपालमा भारतीय लर्डस् ग्रुपले २ होटल थप्दै

    1897   पटक पढिएको

१० साउन / अर्थ र व्यापार – काठमाडौंको गौशालामा चार तारे होटल मिराज लर्डस् होटल सञ्चालन गरिरहेको लर्डस् होटल ग्रुपले नेपालमा थप दुईवटा होटल खोल्ने भएको छ । भारतमा थप दुई र नेपालमा थप दुई गरी तत्कालै ४ वटा होटल थप्ने तयारी लर्डस् होटल ग्रुपको रहेकोे छ ।

लर्डस् होटल ग्रुपले सन् २०१७ सकिँदा सम्ममा होटल अकुपेन्सीमा ६८ प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिएको छ । गत वर्ष होटल अकुपेन्सीमा ६४ प्रतिशत वृद्धि गर्न सफल भएको यो ग्रुपले आगामी वर्षमा ६८ प्रतिशत अकुपेन्सी गर्ने लक्ष्य लिएको हो ।

अहिले यो ग्रुपको २६ वटा होटल छन् । यो ग्रुपले अहिले गुजरातमा मात्रै १५ वटा होटल सञ्चालन गरिरहेको छ । सन् ०२० सम्ममा यो ग्रुपले ४९ वटा होटल सञ्चालनमा ल्याइसक्ने लक्ष्य लिएको छ । तिर्थ यात्रीहरुको बिशेष आकर्षण रहने यो होटलमा आफ्ना कर्मचारीलाई विशेष किसिमको तालिम दिने गरिएको छ ।

नेपालको कुन स्थानमा होटल थप्ने गर्ने भन्ने बारेमा भने कम्पनीले केहि जनाएको छैन । पछिल्लो समय विदेशी बहुराष्ट्रिय कम्पनीहरुले होटल खोल्ने क्रममा तीब्रता पाएको छ । पर्यटक आगमनमा सामान्य वृद्धि भएपनि होटल खुल्ने क्रममामा भने उल्लेख्य वृद्धि भएको छ । होटल खुलेअनुसार पर्यटकको भने आगमन भएको छैन ।

सरकारले आवश्यक मात्रामा प्रचार प्रसार गर्न सकेको छैन भने निजी क्षेत्रले पनि विभिन्न आकर्षक योजना सार्वजनिक गर्न सकेको छैन । जसका कारण पर्यटकहरुको उल्लेख्य आगमन हुन सकेको छैन । देशभरमा अहिले २ वटा चारतारे होटल सञ्चालनमा छन् भने तीनतारे १२ वटा छन् । हाल १० वटा पाँचतारे होटल सञ्चालनमा रहेका छन् भने १० वटा थपिन लागेका छन् ।

२ तारे होटलहरु २२, एकतारे १८ र तारारहित १ सय ६५ वटा होटल सञ्चालनमा छन् । पर्यटकीय स्तरका ६ सय २५ वटा होटल रहेका छन् भने २ सय २६ वटा होमस्टे छन् । पछिल्लो समय पर्यटकको होमस्टेमा आकर्षण बढेपछि होटलमा अकुपेन्सी कम हुँदै गएको छ । अहिलेसम्म होटल क्षेत्रमा निजी क्षेत्रको २ सय ५० अर्ब बराबरको लगानी रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।