logo

नेपालमा भारतीय लर्डस् ग्रुपले २ होटल थप्दै

    2266   पटक पढिएको

१० साउन / अर्थ र व्यापार – काठमाडौंको गौशालामा चार तारे होटल मिराज लर्डस् होटल सञ्चालन गरिरहेको लर्डस् होटल ग्रुपले नेपालमा थप दुईवटा होटल खोल्ने भएको छ । भारतमा थप दुई र नेपालमा थप दुई गरी तत्कालै ४ वटा होटल थप्ने तयारी लर्डस् होटल ग्रुपको रहेकोे छ ।

लर्डस् होटल ग्रुपले सन् २०१७ सकिँदा सम्ममा होटल अकुपेन्सीमा ६८ प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिएको छ । गत वर्ष होटल अकुपेन्सीमा ६४ प्रतिशत वृद्धि गर्न सफल भएको यो ग्रुपले आगामी वर्षमा ६८ प्रतिशत अकुपेन्सी गर्ने लक्ष्य लिएको हो ।

अहिले यो ग्रुपको २६ वटा होटल छन् । यो ग्रुपले अहिले गुजरातमा मात्रै १५ वटा होटल सञ्चालन गरिरहेको छ । सन् ०२० सम्ममा यो ग्रुपले ४९ वटा होटल सञ्चालनमा ल्याइसक्ने लक्ष्य लिएको छ । तिर्थ यात्रीहरुको बिशेष आकर्षण रहने यो होटलमा आफ्ना कर्मचारीलाई विशेष किसिमको तालिम दिने गरिएको छ ।

नेपालको कुन स्थानमा होटल थप्ने गर्ने भन्ने बारेमा भने कम्पनीले केहि जनाएको छैन । पछिल्लो समय विदेशी बहुराष्ट्रिय कम्पनीहरुले होटल खोल्ने क्रममा तीब्रता पाएको छ । पर्यटक आगमनमा सामान्य वृद्धि भएपनि होटल खुल्ने क्रममामा भने उल्लेख्य वृद्धि भएको छ । होटल खुलेअनुसार पर्यटकको भने आगमन भएको छैन ।

सरकारले आवश्यक मात्रामा प्रचार प्रसार गर्न सकेको छैन भने निजी क्षेत्रले पनि विभिन्न आकर्षक योजना सार्वजनिक गर्न सकेको छैन । जसका कारण पर्यटकहरुको उल्लेख्य आगमन हुन सकेको छैन । देशभरमा अहिले २ वटा चारतारे होटल सञ्चालनमा छन् भने तीनतारे १२ वटा छन् । हाल १० वटा पाँचतारे होटल सञ्चालनमा रहेका छन् भने १० वटा थपिन लागेका छन् ।

२ तारे होटलहरु २२, एकतारे १८ र तारारहित १ सय ६५ वटा होटल सञ्चालनमा छन् । पर्यटकीय स्तरका ६ सय २५ वटा होटल रहेका छन् भने २ सय २६ वटा होमस्टे छन् । पछिल्लो समय पर्यटकको होमस्टेमा आकर्षण बढेपछि होटलमा अकुपेन्सी कम हुँदै गएको छ । अहिलेसम्म होटल क्षेत्रमा निजी क्षेत्रको २ सय ५० अर्ब बराबरको लगानी रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।