logo

आइएफसीद्धारा नेपालको फेयरफिल्ड म्यारियटमा थप २७ करोड ५० लाखको लगानी

    2704   पटक पढिएको

७ असार / अर्थ र व्यापार - अन्तर्रािष्ट्रय चेन होटल म्यारियटको ठमेलमा सञ्चालित चार तारे होटल फेयरफिल्ड म्यारीयटमा विश्व बैंक अन्तरगतको अन्तर्रा्ष्ट्रिय बित्त निगम (आइएफसी)ले थप २७ करोड लगानी गरेको छ । यसअघि नै २७ करोड लगानी गरिसकेको आइएफसीले थप २७ करोड लगानी गरेको छ । 
यो होटल केही महिना अघिदेखि मात्रै सञ्चालनमा आएको छ । यो बजेट होटल हो, अर्थात बजेटका हिसाबले बस्नका लागि सस्तो पर्ने होटलमा यो होटल पनि पर्छ । होटलमा अन्तर्रा्ष्ट्रिय स्तरका १ सय १५ कोठा छन् । जसमध्ये ७१ वटा डिलक्स किङ बेड रुम छन् भने अन्य ४३ वटा डिलक्स टुइन बेड रुम हछन् । कोठामा ४० इन्चको एलइडी टेलिभिजन, रेफ्रिजेरेटरका साथै चिया तथा कफी मेकर पनि छ ।
यो होटलमा झण्डै डेढ सय जनाको क्षमतायुक्त कुजिन रेष्टुरेण्ट, कफी सप र आउटडोर डाइनिङ सञ्चालनमा छ । एमएस ग्रुपको झण्डै एक अर्बको लगानीमा निर्माण भएको यो होटलमा म्यारियटले व्यवस्थापनको जिम्मा लिएको छ । म्यारीयटले यो होटल ३० वर्षका लागि ब्यवस्थापनको जिम्मा लिएको हो । म्यारीयटकै अर्को पाँच तारे होटल भने नक्सालमा निर्माण हुँदै गरेको छ जसको अहिले इन्टेरियर डिजाइनको काम भइरहेको छ  ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।