३१ जेठ / अर्थ र व्यापार- तारागाउँ रिजेन्सी होटल्स अर्थात हायात रिजेन्सी कोभिडका कारण लगातार नौ महिनादेखि नोक्सानीमा छ । कम्पनीले सोमबार चालु वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै घाटा १२ करोड ६५ लाख रुपैयाँ पुगेको जनाएको छ । कम्पनी अघिल्लो वर्षको चैत मसान्तसम्म २५ करोड ७८ लाख रुपैयाँ नाफामा थियो ।
गत वर्षको लकडाउन र यहि वर्षको वैशाख १६ गतेबाट निषेधाज्ञा सुरु भएको कारण पर्यटन क्षेत्र अत्याधिक प्रभावित भएपश्चात होटलको घाटा चुलिँदै गएको हो ।
यसअघि पुससम्म होटल ८ करोड ७५ लाख रुपैयाँ घाटामा थियो भने असोजसम्म ७ करोड ८९ लाख रुपैयाँ घाटामा थियो । गत वर्षको असार मसान्तमा भने होटलले १६ करोड ५६ लाख रुपैयाँ नाफा देखाएको थियो । अवस्था सामान्य भएलगत्तै होटलको व्यापारलाई रणनीतिक रूपमा अगाडि बढाउने वित्तीय विवरणमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया