logo

गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टद्वारा बैशाखमा आन्तरिक पर्यटन मेला आयोजना गरिने

    1886   पटक पढिएको

२० फागुन /अर्थ र व्यापार - गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले भृकुटीमण्डपमा आन्तरिक पर्यटन मेला ‘डोमेस्टीक टुरिजम मार्ट–२०१९’ आयोजना गर्ने भएको छ । आइतबार पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा निजी क्षेत्रको तर्फबाट पहिलोपल्ट पर्यटनबारे देशव्यापी जनचेतना फैलाउने र आन्तरीक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित मेला आयोजना गर्न लागिएको जानकारी दिइएको छ । बैशाख १३ र १४ गते हुने मेलामा पर्यटन सम्बद्ध २२५ व्यवसायिक संघ–संस्था तथा व्यापारिक स्टल रहने छन् ।

सरकारको २०२० मा २० लाख पर्यटक भित्र्याउने योजनालाई सफल बनाउन मेला थप सहयोगी हुने आयोजक गन्तव्य ईभेन्ट म्यानेजमेन्टको भनाई छ । पहिले देश अनि बिदेश भन्ने नाराका साथ आयोजना गर्न लागिएको कार्यक्रममा सहभागिहरुले सरकारको प्रयासमा निजी क्षेत्रको पहिलोपटक उत्साह जोडिएको भन्दै मेलाले पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण भुमिका खेल्ने बताएका छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहालले पर्यटन प्रवद्र्धन गर्ने कुरा कुनै एक व्यक्ति वा संस्थाको मात्र दायित्व नभई सबैको भएको र आफुले सक्दो सहयोग गर्ने बताए । वरिष्ठ पर्यटन व्यवसायी बिक्रम पाण्डेले दिगो समृद्धिको बाहक आन्तरीक पर्यटनले मात्र सम्भव हुने भएकाले यसमा सबैको हातेमालो आवश्यक रहेकोमा जोड दिए ।

नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य दिपक महतले नेपाल ऐतिहासिक कालखण्डदेखी आन्तरीक पर्यटनको केन्द्र रहेको भन्दै विकसित समयमा यसको प्राबिधीक दायरा पनि फराकिलो हुँदै गएको बताए । आन्तरीक पर्यटक पर्यटनको चुरो भन्दै उनले पूर्वाधार बिना पनि आन्तरीक पर्यटन सुरुवात हुने र समयक्रममा पूर्वाधार अपरिहार्य हुने बताए । नेपाल पर्यटन बोर्ड सञ्चालक समिति सदस्य पम्फा धमलाले यो पर्यटन क्षेत्रको लागि अत्यन्तै महत्वपुर्ण कार्यक्रम भएकाले हामी सबै मिलेर यसलाई सफल बनाउनुपर्ने बताईन । होमस्टे एसोसिएसन अफ नेपाल(होसान)का अध्यक्ष केशब बडालले मुलुकभरका ७७ ओटै जिल्लामा होमेस्टेको सञ्जाल रहेको बताउँदै मेला सफल बनाउन देशभरिबाट स्टल राख्ने र सक्रिय भएर लाग्ने बताए ।

गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टका अध्यक्ष शिव अधिकारीले नेपाल भ्रमण बर्ष २०२० को भिजन सफल पार्नकै लागि आफुहरुले मेला आयोजना गरेको भन्दै सरोकारवालाहरु लाई समेटेर सँगै अगाडि बढ्ने बताए । २० लाख पर्यटक भित्राउने उद्देश्यलाई पुरा गर्न तथा पर्यटन बजारलाई चलायमान गराउन आफुले बिगतदेखी सहकार्य गरेको भन्दै अधिकारीले पर्यटनमा नयाँ आशा जगाउन आफु लागि परिरहने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।