logo

भोलीदेखी आन्तरिक उडान खुल्ने, एयरलाइन्सहरूले तोके न्यूनतम भाडा

    2047   पटक पढिएको

 

४ असोज/अर्थ र व्यापार- कोरोनाका कारण लगभग सात महिनादेखी बन्द आन्तरिक उडान भोलीबाट खुल्ने भएको छ ।  

यसअघि असोज १ गतेबाट आन्तरिक उडान सुचारु गर्ने निर्णय भएपनि वायुसेवा सञ्चालकहरुले ५० प्रतिशत मात्र यात्रु राखेर सबैभन्दा माथिल्लो दरमा भाडा लिन पाउने गरी उडान गर्नुपर्ने सरकारको निर्णयमा असहमति जनाउदा उडान सुचारु हुनसकेको थिएन । 

मन्त्रालयले मंगलबार वायुसेवा कम्पनीहरुलाई बुधबार छलफलका लागि गरिएको आमन्त्रणमा भने मन्त्रिपरिषद्बाट ५ असोजबाट आन्तरिक उडान खुला गर्ने उल्लेख गरिएको छ ।

यससंगै एयरलाइन्सहरू सञ्चालकहरुलले सिमित उडान भोलिदेखि खुलाउने निर्णय गरेसँगै सुरूवाती भाडाबाट उडान खुल्ने भएको छ ।

एयरलाइन्सहरूले खुलाएको टिकट बुकिङअनुसार काठमाडौंबाट बाहिरिने यात्रुका लागि तल्लो दरको भाडामा टिकट बिक्री भइरहेको छ । यसपटक अघिल्लोे वर्षको चाडपर्वको मुखमा काठमाडौंबाट बाहिरिने उडानको भाडादरको तुलनामा यो वर्ष सस्तो दरमा अनलाइन टिकट बुकिङ भईरहेको छ । 

सरकारले एयरलाइन्सहरूलाई विभिन्न तहका लागि भाडादर तोकिदिएको हुन्छ । जसमा एयरलाइन्सहरूले माग धेरै हुँदा भाडादर बढाउछन् भने थोरै हुँदा घटाउने गर्छन् । तर अधिकतमभन्दा बढी लिन नपाउने व्यवस्था छ । 

बुद्ध एयरले नेपालगञ्जका लागि खुलाएको अनलाईन बुकिङमा भोलिका लागि ५५ सय राखिएको छ भने यति एयरलाइन्सको ४३ सय भाडादर तोकेका छन् । नेपालगञ्जको लागि अधिकतम भाडा ११ हजार रुपैयाँसम्म लिने गरिएको छ । 

यदि बुकिङ सकिन लाग्यो भने भाडा दर बढ्नसक्ने र बुकिङ कम वा खाली हुने सम्भावना बढेर गयो भने अझै सस्तो पनि हुनसक्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।