logo

दोस्रो आन्तरिक पर्यटन मेला आउँदो फागुन ९ र १० मा हुने

    1618   पटक पढिएको

५ मंसिर / अर्थ र व्यापार- ‘पहिला देश अनि विदेश’ भन्ने मुल नाराका साथ आयोजना हुन लागेको दोस्रो डोमेस्टिक टुरिजम मार्ट आगामी फाल्गुन ९ र १० गते काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । मार्टको आयोजक संस्था गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले विहिबार नेपाल पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराएको हो ।

नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको मेलामा ७७ वटै जिल्लाका पर्यटकीय गन्तव्य, पर्यटकीय गतिविधिहरुको प्रदर्शन गरिने छ । मेलामा सहभागिहरुले आफुले चाहेको वस्तु, पर्यटकीय जानकारी तथा अन्य सेवा लिन सक्नेछन् । देशका शीर्ष नेता, संघीय सरकारका मन्त्री, अन्य उच्च पदस्थ अधिकारी, सातै प्रदेशका मुख्यमन्त्री, मन्त्रीसहित विभिन्न राजनीतिक दलका नेता, सांसद, पर्यटन विज्ञ तथा व्यवसायीहरुको उपस्थितिमा उद्घाटन गरिने उक्त मेलामा लाखांै दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

मेलाको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दीपक महतले नेपालको समग्र पर्यटन विकास र मुख्यत भ्रमण वर्ष २०२० लाई सफल पार्न यो मेला कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । निजी क्षेत्रबाट स्वतस्फुर्त रुपमा मुलुकको पर्यटन प्रवद्र्धनार्थ आयोजना गर्न लागिएको हुनाले यो मेला सफल पार्नका लागि यो वा त्यो बहाना नबनाइकन सबै एक ढिक्का भएर लाग्नुपर्नेमा उनले जोड दिए । त्यस्तै पर्यटन बोर्डका सञ्चालक समिति सदस्य पम्फा धमलाले सरकारले गर्नुपर्ने काम गन्तव्य नेपालले अघि बढाएको भन्दै यसलाई सफल पार्नका लागि आफ्नो तर्फबाट सम्पूर्ण रुपमा लाग्ने प्रतिबद्धता जनाईन ।

पत्रकार सम्मेलनमा टे«किङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदी, टानका पूर्व अध्यक्ष चन्द्र रिजाल, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलिया, गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल)का पूर्व अध्यक्ष कमल सापकोटा, नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)का प्रथम उपाध्यक्ष अच्युत गुरागाईंलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

गन्तव्य नेपाल गु्रपका अध्यक्ष शिव अधिकारी अविरलले देशभरी पर्यटनमैत्री वातावरण सिर्जना गरेर सरकारले अघि बढाएको भ्रमण वर्ष लगायतका पर्यटकीय अभियानलाई सफल पार्नका लागि मेला आयोजना गर्न लागिएको भन्दै यसको सफलताका लागि सबैबाट साथ र सहयोग मिल्ने विश्वास व्यक्त गरे । कार्यक्रम संयोजक माधव प्रकाश सुवेदीले अघिल्लो वर्ष आयोजना गरिएको पहिलो डीटीएम सान्दार रुपमा सफल भएको र दोस्रो मेला अझ व्यवस्थित रुपमा सञ्चालन गर्ने गरी तयारी गरिएको जानकारी दिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।