logo

दिपज्योति ट्राभल्सको काठमाडौं–जनकपुरधाम बस सेवा सञ्चालनमा

    2057   पटक पढिएको

३० कात्र्तिक / अर्थ र व्यापार- दिपज्योति एड्भेञ्चर टुर्स एण्ड ट्राभल्स प्रा.लि.ले काठमाडौं–जनकपुरधाम पर्यटक बस सेवा सञ्चालनमा ल्याएको छ । यसअघि दिपज्योति ट्राभल्सले काठमाडौं–पोखरा बस सेवा सञ्चालन गर्दै आएको थियो ।

“सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाउने तयारी गरिरहेको अवस्थामा सरकारको योजनालाई सघाउने उद्देश्यका साथ धार्मिक र अन्य पर्यटकहरुलाई लक्षित गरि काठमाडौं–जनकपुरधाम बस सेवा सञ्चालनमा ल्याएका हौं”–ट्राभल्सका प्रबन्ध निर्देशक टंक बहादुर थापाले वताए । दैनिक रुपमा काठमाडौं–जनकपुरधाम एक–एक वटा बस सञ्चालन हुने ट्राभल्सले जनाएको छ । 

ट्राभल्सले एसि सहितको २÷२ पुस व्याक फोल्डङ सिट सहितको बस सञ्चालनमा ल्याएको हो । बसको भाडा नौ सय रुपैयाँ तोकिएको छ । काठमाडौंवाट बस विहान ७ वजे सोह्रखुट्ट्े गौशाला हुँदै विपि राजमार्ग हुँदै जनकपुरधाम जानेछ । 

नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स(नाट्टा) का अध्यक्ष सि.एन पाण्डेले सरकारले नेपाल भ्रमण वर्ष मनाउने तयारी गरिरहेको अवस्थामा निजी क्षेत्रवाट भएका यस्ता पहलहरुले सो अभियानलाई सघाउने वताए । पाण्डेले ट्राभल्सको बस सेवाले जनकपुरधाम जाने धार्मिक पर्यटक र आन्तरिक पर्यटकहरुले सहज सुविधा पाउने विश्वास व्यक्त गरे ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।