२ साउन/अर्थ र व्यापार– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ नेपाल) को निर्वाचनमा क्रोसा नेपाल ऐडभेन्चर प्रालिका प्रबन्धनिर्देशक नकुल देवकोटाले अध्यक्षको उम्मेदवारी दिने बताएका छन् ।
गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ नेपाल) को यही साउन १५ गते गइरहेको निर्वाचन हुदैछ ।
देवकोटाले भिटोफलाई विशुद्ध गैरराजनीतिक संस्थाको रुपमा विकास गर्न र पर्यटन उत्थान र विकास गर्नको लागि गाउँ–गाउँबाट स्वतः स्फूर्त रुपमा जनजागरण ल्याउन जरुरी रहेको बताएका छन् । ‘ त्यसको लागि आफूसँग मिसन र भिजन भएकोले आफूलाई भिटोफ निर्वाचनमा सहयोग गर्नको लागि अनुरोध गर्दछु ।” देवकोटाको भनाइ छ ।
गाउँको पर्यटन विकास गर्नको लागि गाउँमै गएर त्यहाँको रहनसहन, रीतिरिवाजलाई गहन अध्यन, अनुसन्धान पश्चात् हामीले योजना बनाएर कार्यान्वयन गर्नुपर्ने देवकोटाले बताए ।
देवकोटा क्रोसा रुरल एजुकेशन फन्ड सामाजिक संस्थालगायत दर्जनौं संघसंस्थामा आवद्ध छन् ।
तपाईको प्रतिक्रिया