logo

सन् २०२० मा पर्यटक आगमन २ लाख ३० हजार मात्रै, २०२१ मा के होला ?

    2417   पटक पढिएको

१९ पुस/अर्थ र व्यापार– विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण सन् २०२० मा २ लाख ३० हजार पर्यटक मात्रै नेपाल भित्रिएका छन् ।

सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकोमा अघिल्लो वर्षको तुलनामा गतवर्ष पर्यटन आगमन ८० प्रतिशतभन्दा धेरैले घटेको हो ।

सन् २०१९ मा ११ लाख ९७ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१८ मा भने ११ लाख ७२ हजार ७२ थियो ।

सरकारले २० लाख पर्यटक ल्याउने लक्ष्यका साथ सन २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेपनि कोरोना महामारीका कारण भ्रमण वर्ष नै स्थगित गर्नुप¥यो ।

कोभिड महामारीकै कारण गत वर्ष ९ महीनाभन्दा बढी समय नेपालले अन्तरराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको थियो । जसको असर पर्यटक आगमन दरमा पनि देखियो ।

अध्यागमन विभागक तथ्यांकअनुसार २०२० मा सबैभन्दा बढी पर्यटक भारतबाट २५ हजार ३२० जनाले नेपाल भ्रमण गरेका छन् । यसपछि चीनबाट ९ हजार ८०८ जना, अमेरिकाबाट ९ हजार ६८२ जना, थाइल्यान्डबाट ९ हजार ५१८ जना र म्यान्मारबाट ९ हजार ४०० जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । 
सन् २०२० मा हवाई मार्ग त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थबाट १ लाख ८३ हजार १३० जना पर्यटक नेपाल आएका छन् भने स्थलमार्ग हुँदै ४६ हजार ९५५ जना पर्यटक नेपाल आएका छन् । 

कोभिड–१९ को महामारी र बन्दाबन्दीका बीच कतारका राजकुमार शेख मोहम्मद विल अब्दुल्लासहितको टोलीले ६ हजार ८१४ मीटर अग्लो आमादब्लम हिमाल आरोहण र बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफासहितको रोयल फोर्सको टोलीले ८ हजार १६३ मीटरको मनास्लु हिमाल आरोहण गरेसंगै पर्यटन क्षेत्रमा थोरै आशा जागेको थियो । 

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले कोरोना महामारीका कारण शिथिल बनेको पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्न अब आन्तरिक पर्यटनमा जोड दिनुपर्ने बताए । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।