logo

हामी दुई तिहाई भन्दा बढि मत ल्याएर चुनाब जित्छौं

सि.एन.पाण्डे,अध्यक्ष पदका उम्मेद्वार, नाट्टा निर्वाचन–२०७४ 

    2506   पटक पढिएको

नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) को निर्वाचनमा नाट्टाका वर्तमान प्रथम उपाध्यक्ष सि.एन. पाण्डे प्यानल सहित अध्यक्ष पदका उम्मेद्वार हुन् । पाण्डेले यसअघि सन २०१० मा नाट्टाको कोषाध्यक्ष, २०१४ मा द्वितिय उपाध्यक्ष र २०१६ मा प्रथम उपाध्यक्षको रुपमा कार्य गरिसकेका छन । सम्राट टुर्स एण्ड ट्राभल्स प्रा.लि.का प्रबन्ध निर्देशक पाण्डे संग अर्थ र व्यापारले उनको चुनावि एजेण्डा तथा निर्वाचनका सन्दर्भमा केन्द्रित रहेर गरेको कुराकानीको सम्पादीत अंश :

० यसपटक नाट्टामा सहमतिमा नयाँ नेतृत्व आउने चर्चा चले पनि अन्त्यमा फेरि चुनाव हुने अवस्था कसरी आयो ?

हो यसपटक नाट्टाका पूर्व अध्यक्ष र अग्रज पर्यटन व्यवसायिहरुको सुझावलाई ध्यान दिँदै हामीले सहमतिमै नयाँ नेतृत्व ल्याउन लामो पहल ग¥यौं । यसभन्दा अगाडीको नाट्टा निर्वाचनमा देखिएका तीन वटै समुहहरुलाई समेटेर हामीले मेरो नेतृत्वमा एउटा टिम बनाएका हौं । तर केहि कारणबस हाम्रै केहि साथिहरु त्यसमा सन्तुष्ट हुनुभएन र उहाँहरुले अर्को टिम बनाउनुभएछ । त्यसैकारण सर्वसम्मतिको हाम्रो प्रयास सफल हुन सकेन । नाट्टाको विधान अनुसार सर्वसम्मत नभएमा निर्वाचनमा जाने प्रावधान भएअनुरुप हामी निर्वाचनमा होमएका छौं । यसलाई हामीले सामान्य रुपमा लिएका छौं । 

० चुनावमा प्यानल सहित अध्यक्ष पदमा प्रतिस्पर्धा गर्दै गर्दा तपाईंको समुहको चुवावी एजेण्डाहरु के–के छन ?

हामीले हाम्रा एजेण्डाहरुलाई समेटेर १८ बुँदे प्रतिबद्धताहरु नै सार्वजनिक गरेका छौं ।  विशेषगरि नेपालको पर्यटन प्रर्वधनका लागी गरिने हिमालयन ट्राभल मार्टलाई  निरन्तरता दिने र त्यसमा आफ्नै खर्चमा विदेशका मार्टहरुमा जान नसक्ने मध्यम स्तरका व्यवसायिहरुलाई सहज पहुँच दिने, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टिकट जारी गर्दा कायम रहेको दोहोरो मुद्रा भुक्तानि पद्धतिलाई हटाई नेपाली मुद्रामा नै भुक्तानि गर्न नेपाल राष्ट्र बैंक संंग समन्वय गर्ने, नाट्टालाई नेपाल सरकारको पर्यटन तथा ट्राभल सल्लाहाकारको रुपमा स्थापित गराउन प्रयत्न गर्ने, राज्यको पर्यटक यातायात सम्वन्धि निति, नियम र कानुनी अष्पस्टतालाई हटाई पर्यटक यातायात व्यवसायिलाई थप सुविधा व्यवस्था गर्न नेपाल सरकार संग उचित सहकार्य र समन्वय गरिने, पर्यटन यातायात व्यवसायीको आवश्यकता पर्यटक बस टर्मिनललाई काठमाण्डौ लगायत देशका प्रमुख पर्यटकीय शहरहरुमा नेपाल सरकार सगँ सहकार्य गरी निर्माण कार्य अगाडि वढाउने जस्ता एजेणहरु अगाडी सारेका छौं । त्यसवाहेक हरेक मुलुकको पर्यटन विकासका लागी त्यो देशको राष्ट्रिय ध्वजाबाहक बलियो हुनुपर्छ भन्नेमा हामी विश्वास गछौं । त्यसको लागी नेपाल वायुसेवा निगम संग हाल सञ्चालनमा रहेका भन्दा थप दश वटा विमान हुनैपर्छ,त्यो व्यवस्था गर्न हामी अर्थपूर्ण लबिङ गर्नेछौं । यसो हुन सकेको खण्डामा नाट्टाले स्वर्ण महोत्सवमा अगाडी सारेको सन २०३० मा ५० लाख पर्यटक नेपाल भित्र्याउने हाम्रो एजेण्डा पनि पुरा गर्न सक्छौं भन्ने हाम्रो विश्वास छ ।

० तपाईंको समुहको विजयको आधार के हो ?

यसभन्दा अगाडीको नाट्टा निर्वाचनमा देखिएका तीन वटा समुहहरु नै सवै मेरो समुहमा हुनु नै हाम्रो विजयको प्रमुख आधार हो । त्यसवाहेक हामीलाई अग्रज र नाट्टाका पूर्व अध्यक्षहर संग पनि यस विषयमा बहस गरेका छौं । उहाँहरुलाई हामीले स्पष्ट रुपमा सर्वसम्मतिका लाग िहामीले गरेको प्रयासका विषयमा वताएपछि उहाँहरुले कसरी अर्को समुह निर्वाचनमा आयो भन्ने उल्टो जिज्ञासा हामीसंग राख्नुभयो । हामी नाट्टाको हितको लागी हामी उपयुक्त छैनौं भने हामी हाम्रो उम्मेदवार फिर्ता लिन पन तयार छौं भन्दा नाट्टाको नेतृत्वका लागी हाम्रो विकल्प नभएको र खुलेर हामीलाई सहयोग गर्ने वताउनुभएको छ । भोट हाल्न बाँकी मात्र हो, हामी दुई तिहाई भन्दा बढि मत ल्याएर चुनाव जित्छौं ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।