logo

हामी दुई तिहाई भन्दा बढि मत ल्याएर चुनाब जित्छौं

सि.एन.पाण्डे,अध्यक्ष पदका उम्मेद्वार, नाट्टा निर्वाचन–२०७४ 

    1967   पटक पढिएको

नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) को निर्वाचनमा नाट्टाका वर्तमान प्रथम उपाध्यक्ष सि.एन. पाण्डे प्यानल सहित अध्यक्ष पदका उम्मेद्वार हुन् । पाण्डेले यसअघि सन २०१० मा नाट्टाको कोषाध्यक्ष, २०१४ मा द्वितिय उपाध्यक्ष र २०१६ मा प्रथम उपाध्यक्षको रुपमा कार्य गरिसकेका छन । सम्राट टुर्स एण्ड ट्राभल्स प्रा.लि.का प्रबन्ध निर्देशक पाण्डे संग अर्थ र व्यापारले उनको चुनावि एजेण्डा तथा निर्वाचनका सन्दर्भमा केन्द्रित रहेर गरेको कुराकानीको सम्पादीत अंश :

० यसपटक नाट्टामा सहमतिमा नयाँ नेतृत्व आउने चर्चा चले पनि अन्त्यमा फेरि चुनाव हुने अवस्था कसरी आयो ?

हो यसपटक नाट्टाका पूर्व अध्यक्ष र अग्रज पर्यटन व्यवसायिहरुको सुझावलाई ध्यान दिँदै हामीले सहमतिमै नयाँ नेतृत्व ल्याउन लामो पहल ग¥यौं । यसभन्दा अगाडीको नाट्टा निर्वाचनमा देखिएका तीन वटै समुहहरुलाई समेटेर हामीले मेरो नेतृत्वमा एउटा टिम बनाएका हौं । तर केहि कारणबस हाम्रै केहि साथिहरु त्यसमा सन्तुष्ट हुनुभएन र उहाँहरुले अर्को टिम बनाउनुभएछ । त्यसैकारण सर्वसम्मतिको हाम्रो प्रयास सफल हुन सकेन । नाट्टाको विधान अनुसार सर्वसम्मत नभएमा निर्वाचनमा जाने प्रावधान भएअनुरुप हामी निर्वाचनमा होमएका छौं । यसलाई हामीले सामान्य रुपमा लिएका छौं । 

० चुनावमा प्यानल सहित अध्यक्ष पदमा प्रतिस्पर्धा गर्दै गर्दा तपाईंको समुहको चुवावी एजेण्डाहरु के–के छन ?

हामीले हाम्रा एजेण्डाहरुलाई समेटेर १८ बुँदे प्रतिबद्धताहरु नै सार्वजनिक गरेका छौं ।  विशेषगरि नेपालको पर्यटन प्रर्वधनका लागी गरिने हिमालयन ट्राभल मार्टलाई  निरन्तरता दिने र त्यसमा आफ्नै खर्चमा विदेशका मार्टहरुमा जान नसक्ने मध्यम स्तरका व्यवसायिहरुलाई सहज पहुँच दिने, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टिकट जारी गर्दा कायम रहेको दोहोरो मुद्रा भुक्तानि पद्धतिलाई हटाई नेपाली मुद्रामा नै भुक्तानि गर्न नेपाल राष्ट्र बैंक संंग समन्वय गर्ने, नाट्टालाई नेपाल सरकारको पर्यटन तथा ट्राभल सल्लाहाकारको रुपमा स्थापित गराउन प्रयत्न गर्ने, राज्यको पर्यटक यातायात सम्वन्धि निति, नियम र कानुनी अष्पस्टतालाई हटाई पर्यटक यातायात व्यवसायिलाई थप सुविधा व्यवस्था गर्न नेपाल सरकार संग उचित सहकार्य र समन्वय गरिने, पर्यटन यातायात व्यवसायीको आवश्यकता पर्यटक बस टर्मिनललाई काठमाण्डौ लगायत देशका प्रमुख पर्यटकीय शहरहरुमा नेपाल सरकार सगँ सहकार्य गरी निर्माण कार्य अगाडि वढाउने जस्ता एजेणहरु अगाडी सारेका छौं । त्यसवाहेक हरेक मुलुकको पर्यटन विकासका लागी त्यो देशको राष्ट्रिय ध्वजाबाहक बलियो हुनुपर्छ भन्नेमा हामी विश्वास गछौं । त्यसको लागी नेपाल वायुसेवा निगम संग हाल सञ्चालनमा रहेका भन्दा थप दश वटा विमान हुनैपर्छ,त्यो व्यवस्था गर्न हामी अर्थपूर्ण लबिङ गर्नेछौं । यसो हुन सकेको खण्डामा नाट्टाले स्वर्ण महोत्सवमा अगाडी सारेको सन २०३० मा ५० लाख पर्यटक नेपाल भित्र्याउने हाम्रो एजेण्डा पनि पुरा गर्न सक्छौं भन्ने हाम्रो विश्वास छ ।

० तपाईंको समुहको विजयको आधार के हो ?

यसभन्दा अगाडीको नाट्टा निर्वाचनमा देखिएका तीन वटा समुहहरु नै सवै मेरो समुहमा हुनु नै हाम्रो विजयको प्रमुख आधार हो । त्यसवाहेक हामीलाई अग्रज र नाट्टाका पूर्व अध्यक्षहर संग पनि यस विषयमा बहस गरेका छौं । उहाँहरुलाई हामीले स्पष्ट रुपमा सर्वसम्मतिका लाग िहामीले गरेको प्रयासका विषयमा वताएपछि उहाँहरुले कसरी अर्को समुह निर्वाचनमा आयो भन्ने उल्टो जिज्ञासा हामीसंग राख्नुभयो । हामी नाट्टाको हितको लागी हामी उपयुक्त छैनौं भने हामी हाम्रो उम्मेदवार फिर्ता लिन पन तयार छौं भन्दा नाट्टाको नेतृत्वका लागी हाम्रो विकल्प नभएको र खुलेर हामीलाई सहयोग गर्ने वताउनुभएको छ । भोट हाल्न बाँकी मात्र हो, हामी दुई तिहाई भन्दा बढि मत ल्याएर चुनाव जित्छौं ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।