logo

१५ वर्ष बढी पुराना गाडी हटाउन वायुसेवा संचालक संघलाई प्राधिकरणको दुई वर्षको अल्टिमेटम

    1735   पटक पढिएको

१२ माघ/अर्थ र व्यापार– नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका १५ वर्ष भन्दा पुराना गाडी हटाउनका लागि वायुसेवा संचालक संघलाई दुई वर्षको अल्टिमेटम दिएको छ ।

प्राधिकरणले यसअघि तत्काल विद्युतीय बस प्रयोगमा ल्याउनका लागि निर्देशन दिइएको थियो । तर वायुसेवा कम्पनीहरुले आर्थिक कारण देखाउँदै असमर्थता जनाएपछि समयावधि दुई वर्ष थप गरेको हो ।

प्राधिकरणले जारी गरेको पत्र अनुसार १० देखि १५ वर्ष पुराना गाडी दुई वर्षको अवधिभित्र हटाएर विद्युतीय गाडी संचालनमा ल्याउनुपर्ने र नयाँ ग्राउण्ड ह्याण्डलिङका लागि प्रयोग हुने उपकरण पनि विद्युतीय नै हुनुपर्ने जनाएको छ ।

प्राधिकरणले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को वातावरण संरक्षण सम्बन्धी रणनीतिक उद्देश्य तथा वातावरण मैत्री सवारी तथा यातायात नीतिको उद्देश्यलाई ध्यानमा राख्दै यो निर्देशन जारी गरेको प्राधिकरणले जनाएको छ ।

वायुसेवा संचालक संघका प्रवक्ता योगराज कँडेलले सरकारले लिएको निर्णय स्वागतयोग्य भएको बताए । उनले विमानस्थल परिसरलाई प्रदूषणमुक्त बनाउने कुरामा सकारात्मक रहेको बताउँदै विद्युतीय गाडी खरिद गर्दा पहिला जस्तै भन्सार छुटको व्यवस्था रहे सहज हुने पनि बताए ।

नागरिक उड्डयन प्राधिकरणको संचालक समितिबाट स्वीकृत भएको विद्युतीय बस संचालन निर्देशका २०७७ अन्तर्गत यो मापदण्ड जारी गराइएको हो ।
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।