logo

१५ वर्ष बढी पुराना गाडी हटाउन वायुसेवा संचालक संघलाई प्राधिकरणको दुई वर्षको अल्टिमेटम

    2248   पटक पढिएको

१२ माघ/अर्थ र व्यापार– नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका १५ वर्ष भन्दा पुराना गाडी हटाउनका लागि वायुसेवा संचालक संघलाई दुई वर्षको अल्टिमेटम दिएको छ ।

प्राधिकरणले यसअघि तत्काल विद्युतीय बस प्रयोगमा ल्याउनका लागि निर्देशन दिइएको थियो । तर वायुसेवा कम्पनीहरुले आर्थिक कारण देखाउँदै असमर्थता जनाएपछि समयावधि दुई वर्ष थप गरेको हो ।

प्राधिकरणले जारी गरेको पत्र अनुसार १० देखि १५ वर्ष पुराना गाडी दुई वर्षको अवधिभित्र हटाएर विद्युतीय गाडी संचालनमा ल्याउनुपर्ने र नयाँ ग्राउण्ड ह्याण्डलिङका लागि प्रयोग हुने उपकरण पनि विद्युतीय नै हुनुपर्ने जनाएको छ ।

प्राधिकरणले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को वातावरण संरक्षण सम्बन्धी रणनीतिक उद्देश्य तथा वातावरण मैत्री सवारी तथा यातायात नीतिको उद्देश्यलाई ध्यानमा राख्दै यो निर्देशन जारी गरेको प्राधिकरणले जनाएको छ ।

वायुसेवा संचालक संघका प्रवक्ता योगराज कँडेलले सरकारले लिएको निर्णय स्वागतयोग्य भएको बताए । उनले विमानस्थल परिसरलाई प्रदूषणमुक्त बनाउने कुरामा सकारात्मक रहेको बताउँदै विद्युतीय गाडी खरिद गर्दा पहिला जस्तै भन्सार छुटको व्यवस्था रहे सहज हुने पनि बताए ।

नागरिक उड्डयन प्राधिकरणको संचालक समितिबाट स्वीकृत भएको विद्युतीय बस संचालन निर्देशका २०७७ अन्तर्गत यो मापदण्ड जारी गराइएको हो ।
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।