३० असोज / अर्थ र व्यापार- ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ३९ औ बार्षिक साधारण सभा तथा निर्बाचन यहि अक्टोबर २९ तारिकमा हुने घोषणा भएसंगै आगामी निर्वाचनका लागी दावेदारी प्रस्तुत हुन सुरु भएको छ । यसै क्रममा राष्ट्रिय पर्यटन व्यवसायि संघ(निट) का उपाध्यक्ष,अल्टिच्युड ¥यान्डोनी ट्रेकिङ प्रा.लि.का प्रबन्ध निर्देशक छेटुप तामाङ्ले आँफु टानको वरिष्ठ उपाध्यक्षको दावेदार रहेको घोषणा गरेका छन ।
तामाङले टानमा रहेका एक सय तिस तामाङ व्यवसायिहरुले आँफुँलाई बरिष्ठ उपाध्यक्ष पदमा अगाडी सारेको कारण निट लगायत बिभिन्न पार्टी निकट संस्थाहरु संग आँफुले छलफल सुरु गरेको वताए । उनले राजनीतिक आस्थाका कारण आँफु कांग्रेसको कार्यकर्ता र नेपाली कांग्रेस समर्थित पर्यटन ब्यबसायीहरुको संगठन नेपाल पर्यटन ब्यबसायी संघ (निट) को केन्द्रिय उपाध्यक्ष समेत रहेकोले संघको आधिकारिक निर्णय बिना बाहिर नजाने पनि वताए ।
तपाईको प्रतिक्रिया