१० पौष / अर्थ र व्यापार- राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवद्र्धन गर्नका लागी गौतम बुद्धको जन्मस्थल लुम्विनीमा आगामी २०१९ जनवरी १० देखि १२ सम्म बुद्धिस्ट ईन्टरनेशनल ट्राभल मार्ट (बिआईटिएम) को आयोजना हुने भएको छ । बुद्धिस्ट ईन्टरनेशनल ट्राभल मार्टमा वौद्ध पर्यटकीय स्थल र सेवाहरुको क्रेता तथा विक्रेताहरु विच सेवा र व्यापारको विनिमयको अवसर सिर्जना हुने बुद्धिस्ट ईन्टरनेशनल ट्राभल मार्टका सदस्य सचिव तथा नाट्टाका उपाध्यक्ष अच्युत शर्मा गुरागाईंले वताए ।
मंगलवार बुद्धिस्ट ईन्टरनेशनल ट्राभल मार्ट वारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका सचिव तथा मार्टका अध्यक्ष कृष्ण प्रसाद देवकोटाले काठमाडौं वाहिर आयोजना हुने यो मार्ट हालसम्मकै ठूलो रहेको वताए । नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी १९ अगस्ट देखि हस्तान्तरण भएर आगामी सेप्टेम्बरदेखी व्यवसायिक रुपमा सञ्चालन हुने हुनाले पनि लुम्बिनी क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण भुमिका खेृल्ने वताए ।
मार्टमा ५० जना वदेशी विक्रेता,५० जना स्वेदेशी विदेशी विक्रेता, ४० जना व्लगरहरु र विदेशी सञ्चार माध्यमका प्रतिनिधिहरुको उपस्थति रहने गुरागाईंले वताए । मार्टको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलिले गर्ने जनाईएको छ । मार्टमा लुम्विनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्त,उफ्ताका अध्यक्ष सुनिल कुमार,भिजिट नेपाल २०२० का राष्ट्रिय संयोजक सुरज बैद्य लगायते सम्बोधन गर्ने जनाईएको छ ।
बुद्धिस्ट ईन्टरनेशनल ट्राभल मार्ट (बिआईटिएम) को आयोजक समितिको अध्यक्ष संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय रहेको छ । त्यस्तै नेपाल पर्यटन वोर्ड अर्गनाईजिङ पार्टनर र नाट्टा यसको ईम्प्लिमेन्टिङ पार्टनर हो । निजी क्षेत्रका अन्य सवै संघ संस्थाहरु पनि यसको आयोजक समितिमा रहेका छन ।
तपाईको प्रतिक्रिया