logo

पर्यटन क्षेत्रका विप्लव माओवादीका कार्यकर्ता एमालेमा प्रवेश

    1614   पटक पढिएको

२५ असोज / अर्थ र व्यापार- पर्यटन क्षेत्रका संघ–संस्थाको निर्वाचन नजिकिँदै जाँदा पर्यटन क्षेत्र सँग निकट  नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह) का व्यक्तिहरु नेकपा एमाले निकट राष्ट्रिय पर्यटन व्यवसायी संगठन प्रवेश गरेका छन । मंगलवार संगठनको बैठक पश्चात एक कार्यक्रममा नेकपा एमाले पर्यटन प्रवद्र्धन विभाग प्रमुख सुर्य थापाले उनीहरुलाई पार्टी प्रवेश गराए ।

पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका पर्यटन प्रवद्र्धन विभाग प्रमुख सुर्य थापाले देशैभर नेकपा एमालेको लहर आएको बताउँदै लोकतन्त्र र राष्ट्रिय अखण्डता बचाउन एमालेलाई सबैले साथ दिनुपर्ने बताए । साथै संगठनको बैठकले सात वटै प्रदेशमा प्रदेश कमिटी गठन गरी काठमाण्डौँमा समेत विशेष उपत्यका कमिटी गठन गरी हरेक जिल्ला तह सम्म सञ्जाल विस्तार गर्ने निर्णय गरेको राष्ट्रिय पर्यटन व्यवसायी संगठनका सचिव तथा प्रवत्ता अञ्जन थापाले वताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।