logo

नाट्टा निर्वाचनका लागि पन्त समुहको उम्मेदवार परिचयात्मक कार्यक्रम सम्पन्न

    2347   पटक पढिएको

२३ पुष / अर्थ र व्यापार- नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) को आगामी माघ ३ गते (जनवरी १७) मा हुने निर्वाचनका लागी मनोनयन दर्ता गरेका अध्यक्षका उम्मेदवार भीम प्रसाद पन्त समुहले उम्मेदवार परिचयात्मक कार्यक्रम गरेको छ । 

पन्त समुहको बरिष्ठ उपाध्यक्षमा विनय वस्नेत,उपाध्यक्षमा बरुण मेहता,महासचिवमा सुधिर कुमार उपाध्याय,सचिवमा जिस्वा तुलाधर श्रेष्ठ,कोषाध्यक्षमा हरिभक्त श्रेष्ठ,सह–कोषाध्यक्षमा युविका भण्डारीले मनोनयन दर्ता गरेका छन । त्यस्तै सदस्यहरुमा लक्ष्मि कार्की अधिकारी,गीता ढकाल (रेजु),सुवर्ण श्रेष्ठ,रामशोभित नायक र हरिकुमार श्रेष्ठ,विष्णु कार्की,डेण्डी शेर्पा,र चुडा वहादुर जिम्बा रहेका छन ।

कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेदवार पन्तले आफ्नो उम्मेद्वारी समग्र नाट्टाको हितको लागी भएको वताए । त्यस्तै महासचिव पदका उम्मेदवार सुधिर कुमार उपाध्यायले आफ्नो प्यानलको प्रतिवद्धताहरु प्रस्तुत गरे ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।