८ असोज/अर्थ र व्यापार– नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आएको बहराइनका राजकुमारको टोली सोलुखुखम्बुस्थित लुक्ला विमानस्थलमा उत्रेका छन् ।
राजकुमार सेख नासिर विन हमाद अल खलिफा बहराईनको राष्ट्रिय सुरक्षा सल्लाहकार तथा रोयल गार्ड प्रमुखसमेत हुन् ।
राजकुमारसहितका ५ जना कैलाश हेलिकोप्टरबाट लुक्ला प्रस्थान गरेका थिए । टोलीका अन्य सदस्य, गाइड तथा अन्य सहयोगी भने दुई वटा जहाजबाट लुक्ला पुगेका छन् ।
लबुचे पिक आरोहणका लागि लुक्ला पुगेको राजकुमारको टोलीलाई विमानस्थलमा गाउँपालिकाले स्वागत गरेको थियो । उनीहरुलाई सेभेन समिट ट्रेक्सले आरोहणमा साथ दिनेछन् ।
राजकुमारको टोली नेपालमा कोरोना महामारीपछि विदेशबाट हिमाल आरोहण गर्न आएको यो पहिलो टोली हो ।
तपाईको प्रतिक्रिया