७ असोज / अर्थ र व्यापार – नेपाल मगर पर्यटन समाजकोे नयाँ कार्यसमिति सर्वसमितिले चयन गरेको छ । समाजको काठमाडौंमा भएको छैठौ साधारणसभाले अनुप थापामगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको प्रथम उपाध्यक्षमा राजकुमार थापामगर, द्धितीय उपाध्यक्षमा सर्वजित अस्तानीमगर, महासचिवमा जीवन थापामगर, सचिवमा महेश बुढामगर र कोषाध्यक्षमा कर्ण रानामगर चयन भएका छन् । त्यस्तै सदस्यहरुमा जितेन्द्र झाँक्री, तीर्थराज खपाङ्गी, राम थापामगर, हेम पुनमगर, टिकाथापा मगर, विन्दु थापामगर रहेका छन् ।
तपाईको प्रतिक्रिया