१६ भाद्र / अर्थ र व्यापार- आगामी भाद्र २० गते हुने ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) निर्वाचनको लागि अञ्जन थापा (कुमार) समुहले सोमवार सामुहिक मनोनयन दर्ता गरेपश्चात एक पत्रकार सम्मेलन आयोजना गरी आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ ।
अध्यक्षका उम्मेदवार अञ्जन थापा (कुमार) ले आफ्नो समुहको प्रतिवद्धतापत्र सार्वजनिक गरे । थापा समुहको प्रतिवद्धतापत्रमा पर्यटन क्षेत्रका विविध क्षेत्रका मुद्दा,समस्याहरुलाई सम्बोधन गनेृ विषयहरु,पदयात्रा अनुमतिपत्र जारी गर्ने व्यवस्था लागु गर्नको लागी पहल गर्ने,सिधा कर प्रणाली लागु गराउने,सुविधासम्पन्न पर्यटन अस्पताल निर्माण गर्ने लगायतका विषयवस्तुहरु समेटिएको छ ।
थापा समुहको प्यानलले बरिष्ठ उपाध्यक्षमा ऋषि नेपाल, प्रथम उपाध्यक्षमा प्रकाशचन्द्र देबकोटा, द्धितीय उपाध्यक्षमा तेन्जिङ शेर्पा, महासचिवमा सरिता लामा, सचिवमा दामोदर ढकाल, कोषाध्यक्षमा टेक खकुराल र सहकोषाध्यक्षमा प्रदिप रहेका छन । त्यस्तै सदस्यमा रघु पौडेल, मिङ्मा शेर्पा, ङिमादिकी शेर्पा, सुनिल सिलवाल, कृष्णगोपाल श्रेष्ठ, प्रेमबहादुर लामा, रघुनाथ पौडेल, रामबहादुर गुरुङ, श्रीराम अधिकारी, मिङ्मा शेर्पा, र ठाकुर सापकोटा रहेका छन ।
तपाईको प्रतिक्रिया