२६ कात्र्तिक/ अर्थ र व्यापार- एरोफ्लोट रसियन एयरलाईन्सको जिएसए (नेपालको लागी आधिकारीक एजेन्ट) मा गण्डकी ईन्टरनेशनल ट्राभल प्रा.लि.नियुक्त भएको छ । शुक्रवार आयोजित कार्यक्रममा एरोफ्लोटका जनरल म्यानेजर सर्गे भि किडिसयुक र गण्डकीका प्रबन्ध निर्देशक दिग्विजय कोनेले सम्झौतामा हस्ताक्षर गरे ।
पूर्वी युरोपमा सस्तो र उत्कृष्ठ एयरलाईन्स मानिने एरोफ्लोटले दिल्लि वाट मस्को हुँदै पूर्वी युरोप र अमेरिकाको उडान गर्दछ । एयरलाईन्सले दैनिक दिल्लिवाट मस्कोको दुई उडान गर्नेछ । एयरबस ३३० द्वारा हवाई सेवा प्रदान गर्ने एरोफ्लोट संग दुई सय वटा एयरक्राफ्ट रहेको र तीन सय भन्दा वढि गन्तव्यहरुमा उडान गर्दै आएको प्रबन्ध निर्देशक दिग्विजय कोनेले वताए ।
एरोफ्लोटको उडानका कारण नेपालमा पदयात्रा र पर्वतारोहणका लागी आउन चाहने रसियन पर्यटकहरुको संख्या वढ्ने गण्डकी ईन्टरनेशनल ट्राभलका अध्यक्ष रामकाजी कोनेले वताए । त्यस्तै नेपाल वाट जाने हरुका लागी पनि यो एयरलाईन्स सस्तो पर्ने उनले वताए । सम्झौता कार्यक्रममा नेपालका लागी रसियन राजदुत एन्ड्रे सेर्गेरिच बुडनिक लगायतको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया