२५ असार / अर्थ र व्यापार – होटलहरुले आफ्ना ग्राहकलाई ३ सय अमेरीकी डलरसम्मको सटही सुबिधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आइतबार मौद्रिक नीति सार्वजनिक गर्दै यस खालको व्यवस्था गरेको हो । यसअघि होटलहरुलाई यस खालको सुविधा थिएन ।
होटलहरुले अहिलेसम्म ग्राहकलाई सटही सुबिधा नदिएपनि बिल तिर्दा भने डलरमै तिर्न पाउने सुबिधा दिदैँ आएका थिए । अब होटलहरुमा बसेका ग्राहकलाई थोरै डलर भएपनि बैंक वा मनी एक्सचेञ्जमै गएर साट्नुपर्ने बाध्यता हटेको छ । यसबाट होेटलहरुलाई सेवा सम्पादनमा सहज हुनेछ ।
रकमको आधारमा हेर्दा यो निकै थोरै देखिएपनि यो सुुरुवात हो, बैैंकको स्तरअनुसार यो व्यवस्था फरक फरक हुनपर्ने एउटै भयो ।
तपाईको प्रतिक्रिया