logo

ल्यान्डमार्क भरतपुर र ल्यान्डमार्क फार्म हाउस सञ्चालनमा

    955   पटक पढिएको


२९ वैशाख/अर्थ र व्यापार – ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टले सोमबारदेखि चितवनको भरतपुर र भुवनटार देवघाटमा सेवा विस्तार गरेको छ । भरतपुर हाइटमा ७० रुमको होटल र देवघाट ५ भुवनटारमा करिब ४ एकर्ड क्षेत्रफलमा फैलिएको रुम, कटेज, ट्री हाउस स्विमिङ पूल सहितको फार्म हाउसमा ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टले व्यवस्थापन सम्हालेको जनाएको छ ।
सो होटलद्धारा जारी विज्ञप्तिमा भरतपुर र देवघाट क्षेत्रको पर्यटन प्रर्वधनमा महत्वपूर्ण योगदान पु¥याउने लक्ष्य रहेको जनाईएको छ । सेवा विस्तारको क्रममा होटल र फार्म हाउस व्यवस्थापन सम्हालेसँगै ल्यान्डमार्कले नेपालको पर्यटन क्षेत्रमा आफ्नो उपस्थिति थप मजबुत बनाएको सो होटल्स एन्ड रिसोर्टले जनाएको छ । ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टस, नेपालकै प्रतिष्ठित हस्पिटालिटी समूह हो ।
ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टका कर्पोरेट अपरेशन निर्देशक सम्राट पाण्डेले लामो समयदेखि काठमाडौं, पोखरा, चितवन र भैरहवामा लक्जरी होटल र रिसोर्टहरूको व्यवस्थापन गर्दै आएको यस होटलले अहिले चितवनको दुई ठाउँमा पनि थप सेवा विस्तार गरिएको बताए ।
‘आफ्नो विशेष सेवा, पारिवारिक वातावरण र नेपाली आतिथ्य संस्कृतिमा आधारित उत्कृष्ट अनुभव प्रदान गर्ने र अतिथिलई सन्तुष्ट पार्ने हाम्रो उद्देश्य हो, हाम्रो यस प्रयासले पर्यटकलाई शहरी र प्राकृतिक सुन्दरताको अद्वितीय मिश्रणको अनुभव दिलाउने विश्वास लिएका छौं’ निर्देशक पाण्डेले भने ।
उनले भरतपुरको शहरी सौन्दर्य र देवघाटको प्राकृतिक शान्तिको संयोजनले अतिथिहरूलाई आराम, मनोरञ्जन र प्राकृतिक आनन्दको सम्पूर्ण अनुभव प्राप्त हुने अपेक्षा गरिएको बताए ।
त्रिशूली नदीको किनारमा अवस्थित ल्यान्डमार्क फार्म हाउस एक मनोरम स्थान भएको बताउँदै पाण्डेले भने, ‘रुम, कटेज ट्री हाउस स्विमिङ पूल सहितको यो स्थानले प्राकृतिक सौन्दर्य, आराम र आधुनिक सुविधाको उत्कृष्ट संयोजन प्रदान गर्ने छ ।’
निर्देशक पाण्डेका अनुसार यस फार्म हाउसमा फार्म टु टेवल डाइनिङ जसमा ताजा र स्थानीय उत्पादनमा आधारित भोजन हुनेछ । स्विमिङ पूल, पूल साइड पार्टी स्पेस बार र रेस्टुरेन्ट एवं ट्री हाउसको आकर्षक सेवा उपलब्ध हुने छ ।
यसैगरी, भरतपुरको मुटुमा अवस्थित ल्याण्ड्मार्क नारायणी होटल भरतपुरमा व्यापारिक र पारिवारिक पाहुनाका लागि उत्कृष्ट सेवा र सुविधा उपलब्ध रहेको छ । यस होटलमा फराकिलो र आरामदायी ७० वटा कोठा रहेका छन् । विभिन्न साइजका ६ वटा ब्यांकेट तथा व्यवसायिक बैठक र गोष्ठीका लागि कन्फ्रेन्स हल रहेको छ ।
रमाइलो वातावरणमा खाना खानका लागि रेस्टुरेन्ट पेय पदार्थको विविधता सहितको बार , कफी हाउस, खुला आकाशमुनि आरामदायी ढंगले समय बिताउनका लागि ओपन टेरेस रहेको यस होटलमा थप मनोरञ्जनको अनुभवका लागि आगामी दिनमा स्विमिङ पूल थपिने सो होटलले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।