logo

ल्यान्डमार्क भरतपुर र ल्यान्डमार्क फार्म हाउस सञ्चालनमा

    3120   पटक पढिएको


२९ वैशाख/अर्थ र व्यापार – ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टले सोमबारदेखि चितवनको भरतपुर र भुवनटार देवघाटमा सेवा विस्तार गरेको छ । भरतपुर हाइटमा ७० रुमको होटल र देवघाट ५ भुवनटारमा करिब ४ एकर्ड क्षेत्रफलमा फैलिएको रुम, कटेज, ट्री हाउस स्विमिङ पूल सहितको फार्म हाउसमा ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टले व्यवस्थापन सम्हालेको जनाएको छ ।
सो होटलद्धारा जारी विज्ञप्तिमा भरतपुर र देवघाट क्षेत्रको पर्यटन प्रर्वधनमा महत्वपूर्ण योगदान पु¥याउने लक्ष्य रहेको जनाईएको छ । सेवा विस्तारको क्रममा होटल र फार्म हाउस व्यवस्थापन सम्हालेसँगै ल्यान्डमार्कले नेपालको पर्यटन क्षेत्रमा आफ्नो उपस्थिति थप मजबुत बनाएको सो होटल्स एन्ड रिसोर्टले जनाएको छ । ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टस, नेपालकै प्रतिष्ठित हस्पिटालिटी समूह हो ।
ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टका कर्पोरेट अपरेशन निर्देशक सम्राट पाण्डेले लामो समयदेखि काठमाडौं, पोखरा, चितवन र भैरहवामा लक्जरी होटल र रिसोर्टहरूको व्यवस्थापन गर्दै आएको यस होटलले अहिले चितवनको दुई ठाउँमा पनि थप सेवा विस्तार गरिएको बताए ।
‘आफ्नो विशेष सेवा, पारिवारिक वातावरण र नेपाली आतिथ्य संस्कृतिमा आधारित उत्कृष्ट अनुभव प्रदान गर्ने र अतिथिलई सन्तुष्ट पार्ने हाम्रो उद्देश्य हो, हाम्रो यस प्रयासले पर्यटकलाई शहरी र प्राकृतिक सुन्दरताको अद्वितीय मिश्रणको अनुभव दिलाउने विश्वास लिएका छौं’ निर्देशक पाण्डेले भने ।
उनले भरतपुरको शहरी सौन्दर्य र देवघाटको प्राकृतिक शान्तिको संयोजनले अतिथिहरूलाई आराम, मनोरञ्जन र प्राकृतिक आनन्दको सम्पूर्ण अनुभव प्राप्त हुने अपेक्षा गरिएको बताए ।
त्रिशूली नदीको किनारमा अवस्थित ल्यान्डमार्क फार्म हाउस एक मनोरम स्थान भएको बताउँदै पाण्डेले भने, ‘रुम, कटेज ट्री हाउस स्विमिङ पूल सहितको यो स्थानले प्राकृतिक सौन्दर्य, आराम र आधुनिक सुविधाको उत्कृष्ट संयोजन प्रदान गर्ने छ ।’
निर्देशक पाण्डेका अनुसार यस फार्म हाउसमा फार्म टु टेवल डाइनिङ जसमा ताजा र स्थानीय उत्पादनमा आधारित भोजन हुनेछ । स्विमिङ पूल, पूल साइड पार्टी स्पेस बार र रेस्टुरेन्ट एवं ट्री हाउसको आकर्षक सेवा उपलब्ध हुने छ ।
यसैगरी, भरतपुरको मुटुमा अवस्थित ल्याण्ड्मार्क नारायणी होटल भरतपुरमा व्यापारिक र पारिवारिक पाहुनाका लागि उत्कृष्ट सेवा र सुविधा उपलब्ध रहेको छ । यस होटलमा फराकिलो र आरामदायी ७० वटा कोठा रहेका छन् । विभिन्न साइजका ६ वटा ब्यांकेट तथा व्यवसायिक बैठक र गोष्ठीका लागि कन्फ्रेन्स हल रहेको छ ।
रमाइलो वातावरणमा खाना खानका लागि रेस्टुरेन्ट पेय पदार्थको विविधता सहितको बार , कफी हाउस, खुला आकाशमुनि आरामदायी ढंगले समय बिताउनका लागि ओपन टेरेस रहेको यस होटलमा थप मनोरञ्जनको अनुभवका लागि आगामी दिनमा स्विमिङ पूल थपिने सो होटलले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।