logo

खराव मौसमले काठमाडौंबाट भैरहवा उडेको बुद्धको विमान ‘डाइभर्ट’

    541   पटक पढिएको



२७ कात्तिक/अर्थ र व्यापार – खराव मौसमका कारण काठमाडौंबाट भैरहवा उडेको बुद्ध एयरको विमान काठमाडौं तर्फ नै ‘डाइभर्ट’ गरिएको छ । बुद्ध एयरको उडान नम्बर ‘बीएचए ८५१’ विमान काठमाडौंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडेको थियो ।
विमान उडान र अवतरणकालागि आवस्यक ‘भिजिबिलिटी’ नपुगेका कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको विमान अवतरण गर्न नसकेर पोखरा विमानस्थलतर्फ पठाईएको थियो । तर, पोखरामा पनि भिजिबिलिटी नभएका कारण सो विमान काठमाडौ तर्फ नै डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार अहिलेसम्म गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउन सकेको छैन ।
यसैगरी, पोखरामा पनि मंगलबार बिहानैदेखि ‘भिजिबिलिटी’ नहुँदा विमानहरू उड्न सकेका छैनन् । प्रहरीले रास्वपा अध्यक्ष रवि लामिछानेलाई पोखराबाट भैरहवा ल्याउँदै छ । तर, विमान उड्न नसक्दा सो टोली समेत पोखराबाट अझै उड्न सकेको छैन ।
केही समयअघि विमानमा चढिसकेको रवि लामिछाने सहितको टोली फेरि विमानस्थल टर्मिनलमा फर्किएको पोखरा विमानस्थल कार्यालयले जनाएको छ । भैरहवामा भिजिबिलिटी नहुँदा विमान उडान अवतरणमा समस्या भएको छ । मौसम अनुकुल भएपछि मात्र उडान हुने सो विमानस्थल कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।