logo

हवाई उडानमा वान–वे ट्राफिक, भद्रपुरबाट रित्तै फर्कियो जहाज

    555   पटक पढिएको


१७ असोज/अर्थ र व्यापार – चाडबाड र राजमार्ग अवरुद्ध भएको मौकामा आन्तरिक उडानका जहाजमा चाप अत्यधिक बढेको छ । तर, यो चाप एकतर्फी भएको देखिन्छ । बुद्ध एयरले बिहीबार भद्रपुर–काठमाडौं रुटको जहाज रित्तै काठमाडौं फर्काउनु परेको जानकारी गराएको छ ।
बिहीबार भद्रपुर–काठमाडौं कुल दुई उडान भएकोमा एउटा जहाज रित्तै फर्किएको र अर्को जहाजमा १० जना मात्र यात्रु रहेको कम्पनीले जनाएको छ । बुद्धले भद्रपुरमा आजबाट दैनिक दुई उडान थपेको छ । यससँगै काठमाडौं – भद्रपुर रुटमा बुद्धको दैनिक सात उडान पुगेको छ ।
भद्रपुरबाट काठमाडौं एकतर्फी बुद्धले ५ हजार रुपैयाँ मात्र भाडादर तोकेको छ । यद्यपी काठमाडौं आउने यात्रु नभएको कम्पनीको भनाइ छ । एकतर्फी चापले त्रिभुवन विमानस्थलमा भने हरेक दिनजसो हुलहुज्जत हुने गरेको छ ।
भद्रपुर र जनकपुरमा हुस्सुले कम दुःख दिन्छ । हुस्सु नहुने र यात्रुको संख्या बढ्न थालेपछि अझै उडान संख्या थपिने कम्पनीले उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।