logo

सेप्टेम्बरमा ९६ हजार पर्यटक नेपाल भित्रिए, अमेरिकी र युरोपीयन बढ्यो

    682   पटक पढिएको


१६ असोज/अर्थ र व्यापार – सेप्टेम्बर महिनामा करिब एकलाख पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार हवाई मार्ग हुँदै सेप्टेम्बर महिनामा कुल ९६ हजार ३ सय ४ जना पर्यटक नेपाल भित्रिएका हुन्।
यो संख्या गत वर्षको सेप्टेम्बर महिनाको तुलनामा ५ दशमलब ८२ प्रतिशतले बढी हो । गत वर्षको सेप्टेम्बरमा ९१ हजार १२ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । यसपालि अमेरिकी र युरोपीयन पर्यटकको संख्या बढ्दा भारतीय र चिनियाँ पर्यटकको संख्या भने केही घटेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
बोर्डले अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको तथ्यांकलाई आधार मानेर यस्तो जानकारी गराएको हो । बोर्डका निर्देशक मणि लामिछानेले पछिल्लो महिना सेप्टेम्बरमा पर्यटन आगमन संस्था बढ्नु स्वागत योग्य भएको बताए । उनले यसपालीको साउन महिनामा भएका दुईवटा हवाई दुर्घटनाका कारण भारतीय र चिनियाँ पर्यटक घटेको हुनसक्ने बताए ।
गत ९ साउनमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको तथा २३ साउनमा एयर डाइनेष्टिको हेलिकोप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो । हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउनेमध्ये ४ जना चिनियाँ नागरिक थिए ।
सेप्टेम्बरमा नेपाल भित्रिने पर्यटकको संख्या अगस्टको तुलनामा करिब २४ हजार बढी हो। अगस्टमा ७२ हजार ७ सय १९ पर्यटकले नेपाल भ्रमण गरेका थिए । बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार सेप्टेम्बरमा भारतबाट सबैभन्दा धेरै २२ हजार ९ सय ८४ जना पर्यटक नेपाल भित्रिएका छन्।
यसैगरी, अमेरिकाबाट १० हजार ८४, चीनबाट ८ हजार ४२, अस्ट्रेलियाबाट ५ हजार ३८, श्रीलंकाबाट ४ हजार ९१५, बेलायतबाट ४ हजार ४९३, बंगलादेशबाट ४ हजार १०३, जर्मनीबाट २ हजार ७०४, कोरियाबाट २ हजार २सय ५१जना र मलेसियाबाट २ हजार २ सय ८० जना पर्यटक नेपाल भित्रिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।