logo

सेप्टेम्बरमा ९६ हजार पर्यटक नेपाल भित्रिए, अमेरिकी र युरोपीयन बढ्यो

    382   पटक पढिएको


१६ असोज/अर्थ र व्यापार – सेप्टेम्बर महिनामा करिब एकलाख पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार हवाई मार्ग हुँदै सेप्टेम्बर महिनामा कुल ९६ हजार ३ सय ४ जना पर्यटक नेपाल भित्रिएका हुन्।
यो संख्या गत वर्षको सेप्टेम्बर महिनाको तुलनामा ५ दशमलब ८२ प्रतिशतले बढी हो । गत वर्षको सेप्टेम्बरमा ९१ हजार १२ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । यसपालि अमेरिकी र युरोपीयन पर्यटकको संख्या बढ्दा भारतीय र चिनियाँ पर्यटकको संख्या भने केही घटेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
बोर्डले अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको तथ्यांकलाई आधार मानेर यस्तो जानकारी गराएको हो । बोर्डका निर्देशक मणि लामिछानेले पछिल्लो महिना सेप्टेम्बरमा पर्यटन आगमन संस्था बढ्नु स्वागत योग्य भएको बताए । उनले यसपालीको साउन महिनामा भएका दुईवटा हवाई दुर्घटनाका कारण भारतीय र चिनियाँ पर्यटक घटेको हुनसक्ने बताए ।
गत ९ साउनमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको तथा २३ साउनमा एयर डाइनेष्टिको हेलिकोप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो । हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउनेमध्ये ४ जना चिनियाँ नागरिक थिए ।
सेप्टेम्बरमा नेपाल भित्रिने पर्यटकको संख्या अगस्टको तुलनामा करिब २४ हजार बढी हो। अगस्टमा ७२ हजार ७ सय १९ पर्यटकले नेपाल भ्रमण गरेका थिए । बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार सेप्टेम्बरमा भारतबाट सबैभन्दा धेरै २२ हजार ९ सय ८४ जना पर्यटक नेपाल भित्रिएका छन्।
यसैगरी, अमेरिकाबाट १० हजार ८४, चीनबाट ८ हजार ४२, अस्ट्रेलियाबाट ५ हजार ३८, श्रीलंकाबाट ४ हजार ९१५, बेलायतबाट ४ हजार ४९३, बंगलादेशबाट ४ हजार १०३, जर्मनीबाट २ हजार ७०४, कोरियाबाट २ हजार २सय ५१जना र मलेसियाबाट २ हजार २ सय ८० जना पर्यटक नेपाल भित्रिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।