logo

विविध कार्यक्रम गरि मनाइँदै ४५ औं विश्व पर्यटन दिनस

सरकारले पर्यटन क्षेत्रको अप्ठ्यारो पहिचान गरेर हटाउँछ: कार्यवाहक प्रधानमन्त्री सिंह

    267   पटक पढिएको


११ असोज/अर्थ र व्यापार – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने पर्यटकको स्वागत, ठमेल लगायत देशभर विविध कार्यक्रम गरि ४५ औं विश्व पर्यटन दिवस मनाइएको छ । विगतका वर्षहरुकै निरन्तरता रुवरुप २७ सेप्टेम्बरको दिन शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन क्षेत्रसँग सम्बन्धीत विविभन्न संघ संस्थाहरुसँगको सहकार्यमा काठमाडौ उपत्यका लगायत देशैभर विविध कार्यक्रम गरि विश्व पर्यटन दिवस मनाईएको हो ।
काठमाडौमा आयोजित एक कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई सुधार गर्न पर्यटन क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार ४५औं विश्व पर्यटन दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सिंहले यस्तो बताएका हुन् । उनले पर्यटन क्षेत्रबाट हुने योगदानलाई थप वृद्धि गर्न सरकारले आवश्यक सहजीकरण गर्ने बताए।
‘पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पु¥याएको छ । कुल ग्राहस्थ उत्पादनमा यो क्षेत्रबाट भइरहेको योगदान अझ कसरी बढाउन सकिन्छ ? त्यसतर्फ लाग्नुपर्ने आवश्यक्ता छ,’ उनले भने।
उनले पर्यटन क्षेत्रमा देखिएका अप्ठ्यारा सरकारले हटाउने आश्वासन दिए । पर्यटन क्षेत्रमा काम गर्दा परेको अप्ठ्यारो पहिचान गरेर सरकारले हटाउने भन्दै उनले सहज रुपमा व्यवसाय गर्नसक्ने अवस्था सरकारले बनाउने बताए ।
विश्व पर्यटन दिवसका अवसर आयोजित सो कार्यक्रममा संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्यको रूपमा स्थापित गर्न आवश्यक रहेको बताए । नेपाल प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक सम्पदाहरूले शोभायमान रहेको र संस्कृति, प्रकृति, सम्पदा र इतिहासलाई पर्यटकीय गतिविधिसँग आबद्ध गर्दै नेपाललाई विश्वमा उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्नु आवश्यक भएको बताउँदै पाण्डेले भने, ‘पर्यटकलाई नेपालमा आकर्षित गरी उनीहरूको सुखद् भ्रमणको अनुभूति हुने वातावरण सृजना गर्नु हामी सबैको कर्तव्य हो ।’
विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी हरेक वर्ष मनाइँदै आएको २७ सेप्टेम्बरको विश्व पर्यटन दिवसलाई भव्य पमा मनाइएको हो ।
सो दिवसलाई भव्य रूपमा मनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ४५औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको थियो ।
‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रर्वधन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरका दिन विश्व पर्यटन दिवस मनाइँदै आएको छ । नेपालमा भने ‘पर्यटन र शान्ति’ भन्ने नाराका साथ यो दिवस मनाइँदै छ । दिवसका अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आएका पर्यटकलाई स्वागत, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई सम्मान, प्रभातफेरी, रक्तदान लगायत कार्यक्रम आयोजना गरिएको थियो ।

दिवसका अवसरमा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा संघ संस्थाले विभिन्न कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाएका हुन् ।
पर्यटन मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण लामिछानेले यस दिवसलाई भव्य र सभ्यरूपमा मनाउनका लागि तीन तहका सरकारको सहकार्यमा निजी क्षेत्रका पर्यटन व्यवसायी, गैरसरकारी संस्था र समुदायको सहकार्यमा विभिन्न कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
मूल समारोह समितिले शुक्रबार काठमाडौको सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा आयोजना गरिएको औपचारिक समारोहमा विभिन्न मन्त्री, सरकारी उच्च अधिकारी, विभिन्न मुलुकका राजदूत, कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिलगायतको उपस्थिति थियो । सो कार्यक्रममा पर्यटनसम्बद्ध विशिष्ट व्यक्तित्वहरूबाट शुभकामना आदनप्रदान गरिएको थियो ।
सो कार्यक्रममा पर्यटन क्षेत्रका विभिन्न विधामा उत्कृष्ट योगदान गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।
शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानबाट आउने विदेशी पर्यटकलाई स्वागत गरिएको थियो । यसैगरी, बिहान ठमेलमा प्रभातफेरी आयोजना गरिएको थियो । सो कार्यक्रममा पर्यटन मन्त्रालय, मातहत निकाय तथा पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागितामा थियो ।
दिवसकै अवसरमा पर्यटकीय बजार ठमेलमा ‘ठमेल नखः’ महोत्सव सञ्चालन गरिएको छ । ठमेलको पर्यटनलाई चलायमान बनाउने उद्देश्यले सो महोत्सव आयोजना गरिएको हो । ठमेल पर्यटन विकास परिषद् र दी काठमाडौँ पोष्टको सहकार्यमा भएको महोत्सवमा संस्कृति, संगित, कला र खानाको अद्धितीय संयोजन रहेको महोत्सवका संयोजक राजीव पाण्डेले जानकारी दिए ।
पर्यटन दिवसलाई लक्षित गरेर ‘नेपाल हस्पिटालिटी कन्क्लेभ’को दोस्रो संस्करण काठमाडौँमा बिहीबारदेखि सुरु भएको थियो । नेपाली आतिथ्यता क्षेत्रको विकास एवं प्रर्वधन गर्ने उद्देश्यले होटल संघ नेपालको आयोजनामा राष्ट्रियस्तरको सम्मेलन आयोजना गरिएको हो ।
विश्व पर्यटन दिवस हरेक वर्ष २७ सेप्टेम्बरका दिन मनाइँदै आएको छ । सन् १९८० देखि संयुक्त राष्ट्र विश्व पर्यटन संगठन (डब्लुटीओ)ले २७ सेप्टेम्बरको दिनलाई विश्व पर्यटन दिवसका रूपमा मनाउँदै आएको छ । यस दिवसको उद्देश्य अन्तर्राष्ट्रिय समुदायको सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक मूल्यहरूलाई प्रभाव पार्न पर्यटनको महत्वबारे जनचेतना जगाउनु रहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।