२० भदौ/अर्थ र व्यापार– चाइना साउदर्न एयरलाइन्सले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्नका लागि आफू तयार रहेको बताएको छ।
सो एयरलाइन्सका प्रतिनिधिले बिहिबार पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई भेटेर दुईवटै विमानस्थलमा उडान भर्नका लागि आफूहरु तयार रहेको बताएका हुन्।
‘पोखरा र भैरहवामा उडान भर्न हामी उत्साहित छौं,’ एयरलाइन्सका प्रतिनिधिलाई उद्यृत गर्दै मन्त्री पाण्डेको सचिवालयले भनेको छ । चाइना साउदर्न एयरलाइन्सले ४० भन्दा बढी मुलुकमा उडान भर्दै आएको छ । उसले अहिले चीनको ग्वान्जाउबाट काठमाडौंमा नियमित उडान भर्दै आएको छ ।
यस एयरलाइन्सका प्रतिनिधिले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि छुट सुविधा दिने गरी सरकारले ल्याएको कार्ययोजना सकारातमक भएको बताएका छन । यि विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्नकालागि मन्त्रिपरिषद्को २८ साउनमा बसेको बैठकले एयरलाइन्स कम्पनीहरुलाई विभिन्न सेवामा छुट दिने गरी कार्ययोजना स्वीकृत गरेको थियो।
तपाईको प्रतिक्रिया