logo

हिमाल र आरोहणबारे गलत प्रचार नगर्न पर्यटनमन्त्री तामाङको आग्रह

    693   पटक पढिएको


१६ असार/अर्थ र व्यापार – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले हिमाल र आरोहणबारे गलत प्रचार नगर्न आग्रह गरेका छन् । पर्वतारोहण सञ्चालक संघ नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको यसपालीको हिमाल आरोणकालागि बाटो बनाउने शेर्पाहरु र विभिन्न कीर्तिमानी आरोहीहरुको सम्मान कार्यक्रममा पर्यटनमन्त्री तामाङले यस्तो बताएका हुन् ।
उनले समाजिक सञ्जाल दुरुपयोग गर्दै हिमाल र आरोहणबारे गलत प्रचार भएकोमा गम्भिर आपत्ति जनाउँदै यस्तो गलत प्रचारको प्रयास गर्नेलाई कानुनी कारवाही गर्ने चेतावनी समेत दिए । उनले कसैले पनि हिमाल र आरोहणबारे गलत सूचना प्रवाह गरे कडा कारबाही हुने बताए। मन्त्री तामाङले आरोहीहरुले पर्वतारोहणको क्षेत्रमा गरेको योगदान एकदमै प्रसंशनीय रहेको बताए ।
’पर्यटनका दृष्टिले हिमाल वरदान हो। यो पेशा विदेशी मुद्रा आयआर्जनको मुख्य स्रोत हो । सीप र कला चाहिने भएकाले हिमाली जाति बसोबास गर्ने शेर्पाको यसमा बढी लगाव भएको हो’ मन्त्री तामाङले भने, विश्व तापक्रमका कारण हिमताल फुटने, हिमाल पग्लिने भएकाले चुनौति बढेकोप्रति पनि सरकार सचेत रहेको जानकारी गराउँदै उनले हिमाली बसोबास जोगाउन जरुरी रहेको बताए ।
पर्वतारोहण सञ्चालक संघ नेपालका अध्यक्ष डम्बर पराजुलीले अहिलेसम्म संघका तर्फबाट गर्दै आएको विविध गतिविधीहरुबारे जानकारी गराएका थिए ।
यसैगरी, संघका महासचिव ऋषि भण्डारीले संघले देशको पर्वतीय पर्यटन क्षेत्रको प्रवर्द्धनमा खेल्दै आएको भूमिकाहरुबारे सरकारको ध्यानाकर्षण गराएका थिए। त्यसैगरी, उनले हिमाल आरोहणमा जानेहरुकालागि बाटो बनाउन सहयोग गर्ने एवं कीर्तिमानी शेर्पाहरुको सम्मानमा आयोजित यस कार्यक्रम एकदमै राम्रो र उपलब्धीमुलक भएको बताए ।
सो कार्यक्रममा विश्वको सर्वोच्च शिखर सगरमाथा हिमाल १४ घण्टा ३१ मिनेटमा आरोहण गरेर नयाँ कीर्तिमान कायम गर्न सफल फुञ्जो लामासहित तीन जनालाई संघले प्रशंसा प्रमाण– पत्र प्रदान गरेको थियो ।
सेभेन समिट ट्रेकिङ कम्पनीका प्रवन्ध निर्देशक मिङमा शेर्पा लगायत विभिन्न कीर्तिमानी आरोहीहरुलाई सम्मान गरिएको सो कार्यक्रममा संघले पर्यटन क्षेत्रसँग सम्बन्धीत सबै संघसंस्थाका प्रतिनिधीहरु, व्यवसायी एवं सम्बन्धीत सरोकारवालाहरुलाई सहभागी गराएको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री तामाङले सम्मानित हुनेहरुलाई प्रसंसा–पत्र प्रदान गरेका थिए ।
सो प्रसंसापत्र पाउने कीर्तिमानी आरोही दावा फिन्जोक शेर्पाले सगरमाथाको आठ दिन १३ घण्टा १९ मिनेटमा तीन पटक सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका थिए। त्यस्तै, फोटो पत्रकार तथा आरोही पूर्णिमा श्रेष्ठले एउटै मौसममा तीन पटक सगरमाथाको आरोहण गरेर विश्व किर्तिमान कायम गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।