logo

पर्यटन क्षेत्रको अनावश्यक भ्याट र कर हटाईने छ : पर्यटनमन्त्री

अबको केही क्षणमा निर्वाचन सुरु हुने

    580   पटक पढिएको


जेठ २५/अर्थ र व्यापार – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले प्रधानमन्त्रीले प्रतिवद्धता गरिसकेकाले पर्यटन व्यवसायीले माग गरे बमोजिम पर्यटन क्षेत्रमा लगाईएको आनावस्यक भ्याट र कर हटाईने बताए ।शुक्रबार नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस (नाट्टा ) को ५७ औँ बार्षिक साधारण सभामा मन्त्री तामाङले यस्तो बताएका हुन ।
पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि यस क्षेत्रमा विभिन्न करहरु हटाउने कुरामा सरकार लागि परेको भन्दै उनले अब छिटै संवोधन हुने बताए ।

उनले नेपालमा अधिकतम बिदेशी पर्यटक ल्याउन नयाँ गन्तव्यको खोजीका साथै पुर्वाधारमा सुधार सहित नयाँ योजना अघि बढाईएको बताए ।
उनले आन्तरीक र बाह्य पर्यटकलाई गर्मी र फुर्सदको मौसममा जान सक्ने गरी ईको हिल स्टेसन बनाउन सोचेको र काठमाण्डौँ उपयत्यकासँग जोडिएको महाभारतको श्रृखलामा सरकारको तर्फबाट सरकारले पुर्वाधार तयार पार्ने र सरकार र निजी क्षेत्रले लगानी गर्ने गरी यो योजना अघि बढाईएको बताए ।

‘हाम्रो हवाई तथा भु यातायात सहज छैन पर्यटकहरुका लागि , त्यसैले यो पुर्वाधार सुधार गर्ने तिर सरकारले सोचिरहेको छ । जनकपुर, पशुपति, लुम्विनी जस्ता स्थलहरुलाई भारत, चीन जस्ता ठूलो जनसंख्या भएका पर्यटकलाई भित्राउने र हाम्रो सेवालाई पनि गुणस्तरीय बनाउने र पर्यटकको बसाई लम्ब्याउने हिशाबले पनि सोच्नु पर्छ ।’ मन्त्री तामाङले भने ।

उनले अन्य देशमा जसरी पर्यटकहरुको आगमन छ त्यसरी हाम्रो देशमा आगमन हुन सकेको छैन , यसको समिक्षा गरेर सबै पक्ष मिलेर विश्व पर्यटन बजारमा नयाँ गन्तव्यको खोजी र नयाँ पर्यटकीय उपज सहित प्रवद्र्धनमा जुट्नु पर्नेमा जोड दिए ।
विगतमा विभिन्न कमी भएको र गर्न पर्ने जति यो क्षेत्रमा काम हुन नसकेको स्वीकार गर्दै उनले अब नीतिगत रुपमा सुधार गर्ने, पूर्वाधार सुधार गर्ने , नयाँ गन्तव्यको खोजी गर्दै आगामी वर्षहरुमा बाटो तयार गर्न सबै पक्ष लागि पर्नुपर्नेमा जोड दिए ।

नाट्टाका अध्यक्ष रमेश थापाले लामो समय देखि भ्याट फुकुवा गर्नका लागि पर्यटन व्यवसायीले माग गर्दै आएपनि आर्थिक वर्ष २०८१/८२ को बजेटले समेत आफुहरुको मागलाई सम्बोधन नगरेको भन्दै जतिसक्दो छिटो निजी क्षेत्रको माग संवोधन गरिदिन सरकारको ध्यानाकर्षण गराएका थिए । साधारण सभा उद्घाटन कार्यक्रममा नाट्टाले विभिन्न क्षेत्रबाट सहयोग गर्नेहरुलाई सम्मान गरेको थियो ।
उद्घाटन सत्रपछि बन्दसेशन चलेको थियो । शुक्रबार दिउँसो २ बजेपछि आगामी नयाँ नेतृत्व चयन गर्नकालागि निर्वाचन सुरु हुँदै छ । टूर एन्ड ट्राभल व्यवसायीहरुको छाता संगठन नाट्टाको अध्यक्ष, महासचिव र सदस्यमा मात्र निर्वाचन हुने छ । नाट्टाको सो निर्वाचनमा अध्यक्षमा कुमारमणी थपलिया र प्रमोद दाहालबीच प्रतिस्प्रर्धा हुने छ ।
यस निर्वाचनकालागि गत शुक्रबार नै उनीहरुले मनोनयन दर्ता गराएका थिए । जसमा अध्यक्षमा दुई जनाको, महासचिवमा दुईजना र सदस्यमा पनि दुईजना बढीको उम्मेदवारी परेको नाट्टा निर्वाचन समितिले जनाएको छ ।
नाट्टा निर्वाचन समितिका अनुसार अध्यक्षका प्रत्यासी उम्मेदवार थपलिया वर्तमान कार्यसमितिका महासचिव हुन भने दाहाल वरिष्ठ उपाध्यक्ष हुन । यसैगरी, महासचिवमा युविका भण्डारी र अमृत ढकालबीच चुनाव हुँदै छ । भण्डारीले अध्यक्षका प्रत्यासी उम्मेदवार थपलिया र ढकालले दाहाल समुहबाट उम्मेदवारी दर्ता गराएका हुन ।
अध्यक्षका उम्मेदवार थपलिया समुहबाट वरिष्ठ उपाध्यक्षमा जिस्वाँ तुलाधर श्रेष्ठ, उपाध्यक्षमा घनश्याम घिमिरे, सचिवमा विष्णु पाण्डे, कोषाध्यक्षमा सुरेश अमगाईं र सहकोषाध्यक्षमा ढकनाथ काफ्लेको मात्रै उम्मेदवारी परेको थियो । उनीहरु बिरुद्ध कसैको पनि उम्मेदवारी नपरेपछि निर्विरोध निर्वाचित भइसकेको नाट्टा निर्वाचन समितिले जनाएको छ ।
यसैगरी, नाट्टा कार्यसमिति सदस्यहरुमा थपलिया समुहबाट रामसोभित नायक, श्रद्धा जोशी, सुदर्शन पौडेल, कृष्ण ढकाल, विदुर प्रसाद खतिवडा, रमा प्याकुरेल, विजय बराल र कृष्णा ढकाल चुनावी मैदानमा छन ।
यसैगरी, सदस्यमा अध्यक्षका अर्का प्रत्यासी उम्मेदवार दाहालको समुहबाट दिनेश मैनाली र सुदर्शन गजुरेल दुई जना पनि चुनावी मैदानमा छन् । नाट्टामा कुल १७ सदस्यिय कार्यसमिति रहने व्यवस्था छ । जसमा १५ जना निर्वाचित र २ जना मनोनित सहित कुल १७ जना हुने व्यवस्था छ । सोही व्यवस्था अनुसार यो निर्वाचन प्रक्रिया जारी रहेको नाट्टा निर्वाचन समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।