logo

भएन सर्वसहमती, नाट्टा अध्यक्ष र महासचिवमा निर्वाचन हुने

    985   पटक पढिएको


२० जेठ/अर्थ र व्यापार – आगामी नयाँ नेतृत्व चयन सर्वसहमतीबाट हुने बताईए पनि आखिर टूर एन्ड ट्राभल व्यवसायीहरुको छाता संगठन नेपाल टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को अध्यक्ष र महासचिव पदमा भने निर्वाचन नै हुने भएको छ ।
नाट्टाको सो निर्वाचनमा अध्यक्षमा कुमारमणी थपलिया र प्रमोद दाहालले उम्मेदवारी दर्ता गराएका छन् । नाट्टाको ५७ औं बार्षिक साधारण सभा एवं नयाँ कार्यसमिति चयन गर्नका लागि आगामी २५ जेठमा निर्वाचन हुँदै छ ।
सो निर्वाचनकालागि शुक्रबार साँझ उनीहरुले मनोनयन दर्ता गराएका हुन । जसमा अध्यक्षमा दुई जनाको, महासचिवमा दुईजना र सदस्यमा पनि दुईजना बढीको उम्मेदवारी परेको नाट्टा निर्वाचन समितिले जनाएको छ ।
नाट्टा निर्वाचन समितिका अनुसार अध्यक्षमा उम्मेदवारी दर्ता गरेका थपलिया वर्तमान कार्यसमितिका महासचिव हुन भने दाहाल वरिष्ठ उपाध्यक्ष हुन ।
यसैगरी, महासचिवमा युविका भण्डारी र अमृत ढकालले मनोनय दर्ता गराएका छन् । भण्डारीले अध्यक्षका प्रत्यासी उम्मेदवार थपलिया र ढकालले दाहाल समुहबाट उम्मेदवारी दर्ता गराएका हुन ।
अध्यक्षका उम्मेदवार थपलिया समुहबाट वरिष्ठ उपाध्यक्षमा जिस्वाँ तुलाधर श्रेष्ठ, उपाध्यक्षमा घनश्याम घिमिरे, सचिवमा विष्णु पाण्डे, कोषाध्यक्षमा सुरेश अमगाईं र सहकोषाध्यक्षमा ढकनाथ काफ्लेको मात्रै उम्मेदवारी परेको छ । उनीहरु बिरुद्ध कसैको पनि उम्मेदवारी नपरेपछि निर्विरोध निर्वाचित भइसकेको नाट्टा निर्वाचन समितिले जनाएको छ ।
यसैगरी, नाट्टा कार्यसमिति सदस्यहरुमा थपलिया समुहबाट रामसोभित नायक, श्रद्धा जोशी, सुदर्शन पौडेल, कृष्ण ढकाल, विदुर प्रसाद खतिवडा, रमा प्याकुरेल, विजय बराल र कृष्णा ढकालको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
यसैगरी, सदस्यमा अध्यक्षका अर्का प्रत्यासी उम्मेदवार दाहालको समुहबाट दिनेश मैनाली र सुदर्शन गजुरेल दुई जनाको मात्रै उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ। नाट्टामा कुल १७ सदस्यिय कार्यसमिति रहने व्यवस्था छ । जसमा १५ जना निर्वाचित र २ जना मनोनित सहित कुल १७ जना हुने व्यवस्था छ ।
सोही व्यवस्था अनुसार यो निर्वाचन प्रक्रिया जारी रहेको नाट्टा निर्वाचन समितिले जनाएको छ । सो निर्वाचनमा सहभागी व्यवसायीहरुले भने अझै सहमतीको प्रयास जारी रहेकाले उम्मेदवारी फिर्ताको सम्भावना पनि रहेको बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।