logo

बजेटप्रति नाट्टाको असन्तुष्टी, कानुनी उपचार खोज्ने चेतावनी

    599   पटक पढिएको


१७ जेठ/अर्थ र व्यापार – मंगलबार सार्वजनिक भएको नयाँ बजेटबाट पनि सरकारले हवाई भाडादरमा भ्याट नहटाएकोमा नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ‘नाट्टा’ले असन्तुष्टि जनाएको छ । लामो समय देखि भ्याट फुकुवा गर्नका लागि माग गरिए पनि आर्थिक वर्ष २०८१/८२ को बजेटले त्यसलाई सम्बोधन नगरेको भन्दै नाट्टाले यस्तो असन्तुष्टी जनाउँदै अब कानुनी उपचारमा जाने चेतावनी दिएको हो ।
नाट्टाले विज्ञिप्ति मार्फत यो बजेटप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । हवाई भाडादरमा भ्याट लागू यथावत भएसँगै पर्यटन क्षेत्रसंघसँग आबद्ध विभिन्न कम्पनीसँगै मुलुकको पर्यटन क्षेत्रमै दीर्घकालीन र अल्पकालीन नकारात्मक असर पर्ने नाट्टाका अध्यक्ष रमेश थापाले बताए।

उनले टान, हान, नारा, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, सहितका संघ संस्थाहरुले समेत आफूहरुको मागमा ऐक्यबद्धता जनाएको जानकारी गराउँदै यस विषयमा सम्बन्धित मन्त्रालयका मन्त्रीसँगै सचिव र सांसदहरुसँग पनि छलफल भएको तर, सकारात्मक जवाफ नआएको बताए ।

‘भ्याट एक निर्दिष्ट करमा मात्र सिमित कर होइन। यसका बहुआयामिक प्रभाव पर्छ भन्ने ध्रुव सत्यलाई सरोकारवाला निकायले ध्यान नदिँदा व्यवसायीहरु तथा हवाई यात्रुहरुलाई धेरै ठूलो आर्थिक भार परेको छ,’अध्यक्ष थापाले भने,’सरकारलाई सयौं पटक यस बारेमा विभिन्न तह, तरिकाबाट समग्र व्यवसायमा परिरहेको प्रभावबारे जानकारी गराँइदा आश्वासन मात्र प्राप्त भयो। सुतेको लाई जगाउन गाह्रो हुन्न तर सुतेको जस्तो गर्नेलाई जगाउन सकिन्न उखान सत्यतामा परिणत भएको देखिन्छ।’

देशमा सडकको अवस्था राम्रो नभएको र निर्माण सम्पन्न भएका भैरहवा तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन हुन नसकेको अवस्थामा भ्याट कायमै राखेर सरकारले १६ लाख पर्यटकको लक्ष्य राख्नु अपत्यारिलो रहेको नाट्टाले जनाएको छ ।
हवाई भाडादर दिन २ गुणा रात ४ गुणाको हिसाबले बढी रहँदा पर्यटकहरुको नेपाल यात्रा आकर्षण कम हुने र वैकल्पिक गन्तव्य प्रति जाने प्रवृत्ति बढेको देखिन्छ भन्दै नाट्टाले नेपालमा हवाई यात्रु तथा व्यवसायीहरुमा आर्थिक रुपले वृद्धि भइरहेको तथा संलग्न व्यवसायी समेत विस्थापित हुने वातावरण सिर्जना भएको धारणा राखेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।