logo

३० औं पटक सगरमाथा शिखरमा पुगेर काठमाडौ आइपुगे कामीरिता

    858   पटक पढिएको


११ जेठ/अर्थ र व्यापार – विश्वप्रख्यात स्वदेशी आरोही कामीरिता शेर्पा ३० औं पटक सगरमाथाको सफल आरोहण गरेर शुक्रबार काठमाडौं आइपुगेका छन । एकपछि अर्को गर्दै लगातार आफ्नै विश्व कीर्तिमान तोड्दै ३० पटक सगरमाथा शिखरमा पुगेर काठमाडौ आइपुगेका आरोही शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो । उनले गत बुधबार बिहान ७ बजेर ४९ मिनेटमा ३० औँ पटक सगरमाथा शिखरमा पुगेर थप नयाँ रेकर्ड बनाएका थिए ।
सगरमाथामा सफल आरोहण भएको ७१ वर्षको इतिहासमा कामीरिता सबैभन्दा धेरै पटक आरोहण गर्ने संसारकै कीर्तिमानी आरोही हुन् । विश्वभर ‘एभरेस्ट म्यान’ नामले पनि चिनिएका कामीरिताले गत वर्षको बसन्तकालीन याममा आफैंले बनाएको २८ औं पटकको सगरमाथा आरोहणको रेकर्ड ब्रेक गर्दै यसपालीको एउटै सिजनमा गत ३० वैशाखको बिहान ७ बजेर २५ मिनेटका सगरमाथा शिखरमा पुगेर २९ औं पटक सफल आरोहण गरेका थिए । त्यसपछि उनी आधारशिविरबाट पुनः शिखरतर्फ फर्केका थिए । समुन्द्री सतहबाट झन्डै ५४ सय मिटर उचाइमा रहेको सगरमाथाको आधारशिविरमा ८ दिन विश्राम गरेर ५४ वर्षीय कामीरिता शेर्पाले यो वर्षको एउटै सिजनमा दुई पटकका लागि सोमबार सगरमाथा चुचुरोतर्फ लागेका थिए ।
२०३९ सालमा १२ वर्षको उमेरदेखि हिमाल आरोहण क्षेत्रमा काम गर्दै आएका सोलुखुम्बुको थामेका आरोही कामीरिताले पहिलो पटक २०५१ सालमा सगरमाथा आरोहण गरेका थिए । यसअघि उनले ५ वर्ष एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गरिसकेका छन् । एकै सिजनमा दुई पटकको आरोहणअन्तर्गत यो उनको छैंटौं आरोहण हो ।
आरोही कामीरिताले सगरमाथामा रेकर्ड ब्रेक गर्ने होडमा नभई आफ्नो पेसा नै हिमाल आरोहणसँग जोडिएकाले ‘चढ्दा चढ्दै रेकर्ड’ कायम हुन गएको बताए । सगरमाथासहित अरु ८ हजार अग्ला हिमालमा पनि उनले ४४ पटक आरोहण गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।