logo

पर्यटक आगमन १३ प्रतिशतले वृद्धि,अप्रिलमा १ लाख ११ लाख भित्रिए

    994   पटक पढिएको


२० वैशाख/अर्थ र व्यापार – नेपालमा विदेशी पर्यटकको संख्या १३ प्रतिशतले बढेको छ। अप्रिल महिनामा १ लाख ११ हजार ३ सय ७६ पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका छन्। यो संख्या गत वर्षको अप्रिलमाभन्दा बढी हो । गत वर्षको अप्रिलमा ९८ हजार ७ सय ७३ थियो।
अध्यागमन विभागले बिहिबार सार्वजनिक गरेको तथ्यांक अनुसार पर्यटकको संख्या मार्च महिनाको तुलनामा भने कम हो । मार्चमा १ लाख २८ हजार १ सय ६७ पर्यटक नेपाल भित्रिएका थिए ।
टर्किस पर्यटकको संख्या सबैभन्दा धेरै १ सय ३९ प्रतिशतले बढेको छ । प्रतिशत बढे पनि त्यहाँबाट आउने पर्यटकको संख्या भने धेरै छैन । अप्रिलमा ६ सय ४२ टर्किस नागरिक नेपाल आएका छन्।
एक महिनामा सबैभन्दा धेरै ३० हजार १ सय ५८ जना भारतीय पर्यटक नेपाल भ्रमणमा आएका छन्। यो संख्या गत अप्रिलको तुलनामा ४ दशमलब १ प्रतिशतले न्युन हो।
नेपाल भित्रिएका पर्यटक मध्ये २७ प्रतिशत भारतीय हुन्। नेपालमा धेरै पर्यटक आउने देशको सूचीमा भारतपछि अमेरिका दोस्रो नम्बरमा छ । अप्रिलमा ९ हजार ९४७ अमेरिकी नागरिक नेपाल आएका छन्। यो संख्या पोहोर अप्रिलको तुलनामा १८.२ प्रतिशत बढी हो । नेपालमा अप्रिलमा भित्रिएका पर्यटकमध्ये ८.९ प्रतिशत अमेरिकी हुन्।
समिक्षा अवधीमा चिनियाँ पर्यटकको संख्या १०४ प्रतिशतले बढेको छ । गत अप्रिलमा चीनबाट ४ हजार ७ सय ७० पर्यटक नेपाल आएका थिए । यसपालि ९ हजार ७ सय ५० जना चिनियाँ नेपाल आएका छन्। यो संख्या मार्चको भन्दा भने केही कम हो। मार्चमा १२ हजार ९३ जना चिनियाँ पर्यटक नेपाल भित्रिएका थिए ।
नेपालमा धेरै पर्यटक भित्रिएका १० मुलुकको सूचीमा भारत, अमेरिका र चीनपछि बेलायत, अस्ट्रेलिया, बंगलादेश, फ्रान्स, जर्मनी, रुस र मलेसिया छन् । अप्रिलमा ५ हजार ३ सय ९१ बेलायती भित्रिएको तथ्यांक छ । बेलायती पर्यटकको संख्या पोहोर अप्रिलको तुलनामा ०.३८ प्रतिशतले घटेको हो।
अस्ट्रेलियाबाट ४ हजार १ सय १०, बंगलादेशबाट ४,००३, फ्रान्सबाट ३,७५५, जर्मनीबाट ३,२७०, रुसबाट २९७७ र मलेसियाबाट २,३१० पर्यटक आएका छन्। यस्तै जापानबाट २ हजार ७५ पर्यटक आएका छन्। यो संख्या पोहोर अप्रिलको तुलनामा ५८ प्रतिशत बढी हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।