logo

पर्यटक आगमन १३ प्रतिशतले वृद्धि,अप्रिलमा १ लाख ११ लाख भित्रिए

    732   पटक पढिएको


२० वैशाख/अर्थ र व्यापार – नेपालमा विदेशी पर्यटकको संख्या १३ प्रतिशतले बढेको छ। अप्रिल महिनामा १ लाख ११ हजार ३ सय ७६ पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका छन्। यो संख्या गत वर्षको अप्रिलमाभन्दा बढी हो । गत वर्षको अप्रिलमा ९८ हजार ७ सय ७३ थियो।
अध्यागमन विभागले बिहिबार सार्वजनिक गरेको तथ्यांक अनुसार पर्यटकको संख्या मार्च महिनाको तुलनामा भने कम हो । मार्चमा १ लाख २८ हजार १ सय ६७ पर्यटक नेपाल भित्रिएका थिए ।
टर्किस पर्यटकको संख्या सबैभन्दा धेरै १ सय ३९ प्रतिशतले बढेको छ । प्रतिशत बढे पनि त्यहाँबाट आउने पर्यटकको संख्या भने धेरै छैन । अप्रिलमा ६ सय ४२ टर्किस नागरिक नेपाल आएका छन्।
एक महिनामा सबैभन्दा धेरै ३० हजार १ सय ५८ जना भारतीय पर्यटक नेपाल भ्रमणमा आएका छन्। यो संख्या गत अप्रिलको तुलनामा ४ दशमलब १ प्रतिशतले न्युन हो।
नेपाल भित्रिएका पर्यटक मध्ये २७ प्रतिशत भारतीय हुन्। नेपालमा धेरै पर्यटक आउने देशको सूचीमा भारतपछि अमेरिका दोस्रो नम्बरमा छ । अप्रिलमा ९ हजार ९४७ अमेरिकी नागरिक नेपाल आएका छन्। यो संख्या पोहोर अप्रिलको तुलनामा १८.२ प्रतिशत बढी हो । नेपालमा अप्रिलमा भित्रिएका पर्यटकमध्ये ८.९ प्रतिशत अमेरिकी हुन्।
समिक्षा अवधीमा चिनियाँ पर्यटकको संख्या १०४ प्रतिशतले बढेको छ । गत अप्रिलमा चीनबाट ४ हजार ७ सय ७० पर्यटक नेपाल आएका थिए । यसपालि ९ हजार ७ सय ५० जना चिनियाँ नेपाल आएका छन्। यो संख्या मार्चको भन्दा भने केही कम हो। मार्चमा १२ हजार ९३ जना चिनियाँ पर्यटक नेपाल भित्रिएका थिए ।
नेपालमा धेरै पर्यटक भित्रिएका १० मुलुकको सूचीमा भारत, अमेरिका र चीनपछि बेलायत, अस्ट्रेलिया, बंगलादेश, फ्रान्स, जर्मनी, रुस र मलेसिया छन् । अप्रिलमा ५ हजार ३ सय ९१ बेलायती भित्रिएको तथ्यांक छ । बेलायती पर्यटकको संख्या पोहोर अप्रिलको तुलनामा ०.३८ प्रतिशतले घटेको हो।
अस्ट्रेलियाबाट ४ हजार १ सय १०, बंगलादेशबाट ४,००३, फ्रान्सबाट ३,७५५, जर्मनीबाट ३,२७०, रुसबाट २९७७ र मलेसियाबाट २,३१० पर्यटक आएका छन्। यस्तै जापानबाट २ हजार ७५ पर्यटक आएका छन्। यो संख्या पोहोर अप्रिलको तुलनामा ५८ प्रतिशत बढी हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।