logo

अस्ट्रेलियन महिला आरोहीले गरिन बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण

    888   पटक पढिएको


३ बैशाख/अर्थ र व्यापार – अस्ट्रेलियन महिला आरोही एली पेपरले बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण गरेकी छन् । यसपालीको वसन्त ऋतुको आरोहण अभियान सुरु भएसँगै आइतबार आरोही पेपरले विश्वको १०औँ अग्लो हिमाल अन्नपूर्ण–१ को सफल आरोहण गरेकी हुन् ।
उनको यस हिमाल आरोहण व्यवस्थापनको जिम्मा लिएको सेभेन समिट ट्रेक्स कम्पनीका अध्यक्ष मिङमा शेर्पाले यस्तो जानकारी गराएका हुन। शेर्पाका अनुसार ४७ वर्षीया अस्ट्रेलियन महिला आरोही पेपरले शेर्पा पथप्रदर्शक मिकेल शेर्पा र निमा शेर्पाका साथमा आइतबार दिउँसो १२ बजेर ७ मिनेटमा अन्नपूर्ण –१ को शिखर चुम्न सफल भएकी हुन् । आफ्नो कम्पनीबाट गएका लगभग सबैले यो सिजनमा अन्नपूर्ण आरोहण गरेको सेभेन समिटका अध्यक्ष शेर्पाले जानकारी दिए ।
यसअघि १७ वर्षीय नेपाली आरोही निमा रिन्जी शेर्पाले पनि बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण गरेकी थिइन् । उनले १२ अप्रिलका दिन यस हिमालको आरोहण गरेकी थिइन् । दुवै आरोही सेभेन समिट ट्रेक्स कम्पनी मार्फत आरोहणमा गएका थिए ।दुई आरोहीले बिना अक्सिजन अन्नपूर्ण–१ हिमाल आरोहण गरेको जानकारी आएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले बताए ।
यसपाली अन्नपूर्ण–१ हिमालमा ‘रोपफिक्सिङ’को काम सफल भएसँगै धमाधम आरोहण भइरहेको छ । दुई दिनको अवधिमा दुई जनाले बिना अक्सिजन सफल आरोहण गरेको जानकारी आएको जानकारी गराउँदै उनले भने, ‘ अब यसलाई हामीले विभागबाट आधिकारीक रुपमा प्रमाणीकरण गर्न मात्र बाँकी छ । ’
दुई वर्षभित्र विश्वका आठहजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य लिएकी अस्ट्रेलियन महिला आरोही पेपरले अन्नपूर्ण आरोहणसँगै तीनवटा आठहजार मिटर अग्ला हिमाल सफलतापूर्वक आरोहण गर्न सफल भएकी छन् । उनले यसपछि कञ्चनजंगा र मकालु हिमालको आरोहण गर्ने लक्ष्य लिएकी छिन् ।
सन् २००७ मा माउन्ट चोयु हिमाल तिब्बत तर्फबाट बिना अक्सिजन हिमाल आरोहण गर्न थालेकी पेपरले सन् २०२३ को जुलाई १५ का दिन विश्वको १२ औँ अग्लो हिमाल ब्रोडपिक ९ हजार ८ सय ५२ मिटर र विश्वको पाँचौँ अग्लो हिमाल मनास्लु ९ हजार ८ सय १६ मिटरको सन् २०२३ को सेप्टेम्बर २८ का दिन अक्सिजनको प्रयोग नगरी सफल आरोहण गरेको थिइन् ।
अस्टे«लियाको सिड्नी निवासी महिला आरोही पेपरले सन् २०२३ को जुलाई १५ का दिन विश्वको १२ औँ अग्लो हिमाल ब्रोडपिकको बिना अक्सिजन सफल आरोहण गरी पहिलो अस्ट्रेलियन महिला बनेकी थिइन् । हालसम्म ६ जनाले मात्र अक्सिजन बिना विश्वका आठ हजार मिटर भन्दा अग्ला सबै १४ हिमाल आरोहण गरेका छन ।
पर्यटन विभागका अनुसार यो सिजनमा अन्नपूर्ण–१ हिमाल आरोहणका लागि तीनवटा आरोहण दलका ११ महिला र १४ पुरुष गरी कूल २५ जनाले आरोहण अनुमति लिएका थिए । आइतबार अस्ट्रेलियन महिला आरोही एलीले बिना अक्सिजन विश्वका १० औं अग्लो हिमाल अन्नपूर्ण–१ को सफल आरोहण गरी नयाँ रकर्ड बनाएकी हुन । उनले अन्नपूर्ण–१ को चुुचुरोबाट देखिएको दृश्यको बारेमा सुनाउदै उनका गाईड मिकेल शेर्पा र निमा शेर्पाले अन्नपूर्ण–१ हिमालमा पाइला टेकेकी सुनाइन् ।
अन्नपूर्ण–१ हिमालको चुचुरोमा पाइला टेकेसँगै पेपरले तीनवटा आठहजार मिटर अग्ला हिमालहरु सफलतापूर्वक आरोहण गर्न सफल भएकी छन् । एकपछि अर्को आठहजार मिटर अग्लो हिमालहरु आरोहण गर्दै जाने र आफूूले तोकेको समय भित्र नै १४ वटै हिमालहरुको चुचुरोसम्म पाइला टेक्ने उनको अठोट छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।