logo

पर्यटन विकासकालागि केन्द्रदेखि स्थानीयतहसम्मका सबै सरकारी निकाय एउटै लयमा हिंड्नुपर्छ:पूर्वपर्यटनमन्त्री श्रेष्ठ

    1034   पटक पढिएको


२७ पुस/अर्थ र व्यापार – पूर्व संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको विकासकालागि केन्द्रदेखि स्थानीयतहसम्मका सबै सरकारी निकाय एउटै लयमा हिंड्नुपर्ने बताएका छन । उनले यसकालागि पर्यटन क्षेत्रको पुराना नीतिलाई संसोधन गर्दै अहिले आवस्यक ऐन बनाउँदै जानुपर्नेमा वर्तमान सरकारले पर्यटनमैत्री लय समाउन नसकेको बताए ।
केन्द्रिय पर्यटन विभाग नेकपा एकीकृत समाजवादी पार्टीले शुक्रबार राजधानीमा आयोजना गरेको ‘सवल पर्यटन उद्योग, समृद्ध नेपाल’समाजवादी अर्थ व्यवस्था पर्यटन उद्योग संवाद कार्यक्रममा पूर्व पर्यटनमन्त्री श्रेष्ठले यस्तो बताएका हुन । आफु पर्यटनमन्त्री हुँदा गरेका विविध पर्यटन प्रवद्र्धनात्मक कार्यक्रमहरुका बारेमा जानकारी गराउँदै उनले आफ्नो कार्यकालमा थालनी गरिएका केही पर्यटन क्षेत्रको संरचनागत सुधारका कार्य अहिलेसम्म अपेक्षाकृत रुपमा अघि नबढेकोमा गम्भिर चिन्ता व्यक्त गरे ।

उनले पर्यटनको नीति संघियतामा जाँदा थप समस्या जेलिएको बताए । उनले यस्तो समस्या समाधानकालागि समयअनुकुलको संरचनागत विकास आवस्यक भएको बताए ।
समानबादी पार्टीका उपमहासचिव तथा अर्थ विभाग प्रमुख डा. विजय पौडेलले आर्थिक विकासको मुख्य आधार पर्यटन क्षेत्रको विकासकालागि देसका सबै योजना रोजगारी बढ्ने खालको हुनुपर्ने धारणा राखे । उनले रोजगारी मुखी पर्यटन विकास भएमा मात्र यहाँका युवा जनशक्ति नबाहिरिने बताए ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पाले अझै नेपालले अपेक्षाकृत रुपमा हिमालको प्रवद्र्धनात्मक एवं व्यवस्थापनको काम गर्न नसकेकाले पर्यटनको उचित लाभ लिन नसकिएको बताए । अहिलेसम्म साना ठुलागरि जम्मा ४०५ वटा हिमालको आरोहण खुल्नु सरकारको नीतिगत कमजोरी भएको बताउँदै शेर्पाले भने, ‘ सरकारले जतिसके धेरै हिमालको आरोहण खोल्नुपर्छ ।’ हिमाली क्षेत्रको प्रवद्र्धन र विकास बिना पर्यटनबाट लाभ लिन नसकिने भन्दै उनले यसमा सरकार गम्भिर हुनुपर्ने बताए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले मुलुकको पर्यटन क्षेत्रको विकासकालागि अहिलेसम्म भएका विविध गतिविधीहरुका जानकारी गराएका थिए ।
सो कार्यक्रममा पर्यटन क्षेत्रसित सम्बन्धीत विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।