logo

पारो–पोखरा–दिल्ली उडानको तयारीमा ड्रुक एयर, मार्चबाट चार्टर उडान भर्ने

    509   पटक पढिएको


२६ पुस/अर्थ र व्यापार– भुटानको वायुसेवा कम्पनी ड्रुक एयरले आउँदो मार्चमा पारो–पोखरा–दिल्ली तर्फ चार्टर उडान सुरु गर्ने तयारी गरेको छ । हाल पारो–काठमाडौं–दिल्ली व्यावसायिक रुपमा नियमित उडान भर्दै आएको यो वायुसेवाले पोखराबाट आफ्नो उडान सुरु गर्न लागेको हो।
भुटानको वायुसेवा ड्रुक एयरले मार्चदेखि पोखराबाट चार्टर उडान सुरु भर्ने पत्राचार गरेको छ । कम्पनीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग पत्राचार सुरु गरेको जानकारी आएको बताउँदै नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने, ‘पारो–काठमाडौं–दिल्ली कनेक्टिङ फ्लाइट गर्नेछ।’
उनले यसअघि पारो–पोखरा–पारो दुईतर्फी उडान योजना पेस गरिसकेको यो वायुसेवाले केही समयअगाडि दिल्लीसम्म कनेक्टिङ फ्लाइटको योजना अघि बढाएको जानकारी दिए।
हाल मुलुकमा भुटानबाट रोयल भुटान एयरवेज र ड्रुक एयरले नियमित उडान सेवा सञ्चालन गर्दै आएका छन्। जसअन्तर्गत नेपालका लागि रोयल भुटानको जीएसए सोसाइटी इन्टरनेसनल रहेको छ भने ड्रुकको जीएसए डाँफे ट्राभल रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।