logo

‘एयरबस ३२०’ को पहिलो नेपाली परीक्षक पाइलट बने दीपु ज्वारचन

    980   पटक पढिएको


१८ पुस/अर्थ र व्यापार – राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमका पाइलट दीपु ज्वारचनले ‘एयरबस ३२०’ को परीक्षक पाइलट (डेजिगनेटेड चेक पाइलट) को लाइसेन्स पाएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार ज्वारचनलाई परीक्षक पाइलटको लाइसेन्स दिएको हो । प्राधिकरणले प्रदान गरेको यो लाइसेन्ससँगै निगमका चालक ज्वारचन परीक्षक पाइलटको लाइसेन्स पाउने पहिलो नेपाली पाइलट बनेका हुन्।
यसअघि नेपालमा एयरबसका लागि विदेशी पाइलटले नै विमान उडाउने पाइलटहरूको परीक्षा लिनुपर्ने अवस्था थियो । नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार ज्वारचनले एयरबस ३२० विमान उडानका लागि पाइलट तथा को–पाइलटको तालिम तथा परीक्षा लिन पाउने छन्।
‘इयूको पछिल्लो अडिटले नेपालमै डिसीपी गर्नुपर्छ भन्ने सिफारिस गरेको थियो’ प्राधिकरणका सूचना अधिकारी भुलले भने, ‘सोही अनुरूप यसपटक प्राधिकरणले वायुसेवा निगमका पाइलट ज्वारचनलाई प्रशिक्षक पाइलटको योग्यपत्र दिएको हो।’ चालक ज्वारचन हाल निगममा सिनियर प्रशिक्षक पाइलट हुन्। ज्वारचनले सन् २००७ देखि नेपाल वायुसेवा निगमका अन्तर्राष्ट्रिय उडानमा सञ्चालित विमान उडाइरहेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।