१५ पुस/अर्थ र व्यापार – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिरहेको ग्राउन्ड ह्यान्डलिङ सेवा नखोसिने स्पष्ट पारेका छन् ।
आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २५ औं वार्षिकोत्स्वका अवसरमा मन्त्री किराँतीले यस्तो बताएका हुन । उनले पटकपटक निगमको यो सेवा खोस्ने कोसिस नगर्न प्राधिकरणलाई चेतावनी दिए ।
‘राज्यले तपाईंहरुलाई जे जिम्मेवारी दिएको छ, त्यो जिम्मेवारीपूर्वक गर्नुहोस्, निगमले पाएको अधिकार खोस्ने कुरा पटक–पटक नगर्नुहोस्’ मन्त्री किराँतीले भने । ‘म चेतावनी दिन चाहन्छु,अब यो कुरा उठेमा त्यो राज्यको नीति माथी नै प्रश्न हुनेछ ’उनले भने ।
उनले निगम सच्चिनुपर्ने अवस्था रहेको भन्दै त्यसमा सरकारले काम गरिरहेको समेत बताए ।
तपाईको प्रतिक्रिया