७ पुष / अर्थ र व्यापार- पर्वतारोहण सञ्चालक संघ नेपालको १५ वार्षिक साधरण सभाले डम्बर पराजुलीलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ । संघको प्रथम उपाध्यक्षमा ईश्वरी पौडेल, द्धितीय उपाध्यक्षमा शिवराज थापा, महासचिवमा ऋषिराम भण्डारी, सचिवमा दावा स्टेफेन शेर्पा, कोषाध्यक्षमा दाव सान्जेन लामा शेर्पा निर्वाचित भएका छन ।
त्यसैगरी सदस्यहरुमा कृष्णकुमार अर्याल, मुरारी शर्मा, जीवन घिमिरे, नविन त्रिताल, चाङदावा शेर्पा, मिङमा डेभिड शेर्पा र बावु शेर्पा सर्वसम्मत निर्वाचित भएका छन् ।
संघले संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका सचिव डा. दिपक काफ्लेको प्रमुख आतिथ्यमा १५ औं वार्षिक साधरण सभा सम्पन्न गरेको छ ।
तपाईको प्रतिक्रिया