logo

पर्यटन सञ्जालमार्फत संकलित राहत प्रधानमन्त्रीलाई हस्तान्तरण

    972   पटक पढिएको


१२ मंसिर/अर्थ र व्यापार – होटल संघ नेपाल (हान)को नेतृत्वमा पर्यटन सञ्जालमार्फत संकलित राहत प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको छ ।
हानका अध्यक्ष अध्यक्ष विनायक शाहको नेतृत्वमा पर्यटनसँग सम्बन्धित संघ संस्थाहरुको सञ्जाल टुगेदर फर टुरिजमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राहत हस्तान्तरण गरेको हो । यो राहत जाजरकोट तथा रुकम पश्चिमका भूकम्प पीडितका लागि संकलन गरिएको हो ।
प्रधानमन्त्री प्रचण्डले यो राहतले भूकम्प पीडितको जीवनयापनमा सहयोग पुग्ने बताए । उनले पर्यटन क्षेत्रका छाता संगठनको सञ्जालबाट यस क्षेत्रको विकास र विस्तारमा योगदान हुने बताउँदै उनले सञ्जालसँग छिट्टै थप विषयमा छलफल गर्ने पनि बताए ।
पहिलो चरणमा होटल संघ नेपालको तर्फबाट १५ लाख ५६ हजार ८ सय ७८ रुपैयाँ र सदस्य होटल हिमालयको तर्फबाट थप ५ लाख रूपैयाँ बराबरको एक्रिलिक पञ्चु–५०० थान र लाइभ सेभर वाटर फिल्टर–१५ वटा साथै स्कल नेपालको तर्फबाट ५ लाख बराबरको ब्ल्यांकेट–२४० थान, स्लिपिङ व्याग–१०० थान, ह्विल चियर–५ थान, स्ट्रेचर–५ थान, प्रोटेक्टिभ सुट–२० थान सामग्री रहेको छ ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्सका अध्यक्ष रमेश थापा, नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिजका अध्यक्ष शिव अधिकारी, टुरिष्ट बस एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्ण आचार्य, स्कल नेपालका अध्यक्ष महेन्द्रराज पौडेल, होटल संघ नेपालका निवर्तमान अध्यक्ष सृजना राणा लगायतले नगद र जिन्सी गरी करिब ३० लाख बराबरको राहत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।