logo

वरिष्ठ पत्रकार मधुजंग पाण्डे पुरस्कृत

    727   पटक पढिएको

१६ कात्तिक/अर्थ र व्यापार – नेपाल पर्वतारोहण संघ (एनएमए)ले आफ्नो ५०औं स्थापना दिवस एवं स्वर्णजयन्तीको अवसरमा बुधबार काठमाडौंमा आयोजित विशेष समारोहमा राजधानी दैनिक पत्रिकाका वरिष्ठ उपसम्पादक मधुजंग पाण्डेलाई पुरस्कृत गरेको छ ।
साढेदुई दशकभन्दा बढी समयदेखि सक्रिय पत्रकारिता गर्दै आएका पाण्डेलाई विशेषगरी पर्यटन विद्यामा कलम चलाएर सञ्चारकर्मको माध्यमबाट मुलुकको पर्वतीय पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै उत्कृष्ट योगदानको मूल्यांकनस्वरूप संघले ‘स्वर्गीय दावा नोर्बु पर्वतारोहण पत्रकारिता अवार्ड’ प्रदान गरेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेलाई सो अवार्ड प्रदान गरेका हुन् । संघले पुरस्कार छनोट समितिले गरेको निणर्यअनुसार बुधबार सो अवार्ड प्रदान गरिएको जनाएको छ ।

यसैगरी, संघले सोहि स्थापना दिवसको अवसरमा संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पा, जिम्बाजाङबु शेर्पा, नाराका अध्यक्ष शिव अधिकारी लगायत लाई सम्मान गरेको थियो। सो अवसरमा संघले विविध कार्यकम गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।