३० असोज/अर्थ र व्यापार – उत्तरी गोरखाको मनासलु क्षेत्रमा बिरामी परेका तीन जना पर्यटकको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ ।
मंगलबार एयर डाइनेस्टीको हेलिकोप्टर मार्फत उनीहरुलाई उद्धार गरी काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए ।
सिरानचोक गाउँपालिका–३ हर्मीका बसन्त घिमिरे, चितवन भरतपुरका कपिल घिमिरे र सुवोध अर्यालको उद्धार गरिएको उनले जानकारी दिए ।
मनासलु क्षेत्रको पदयात्रामा रहेका उनीहरु चुमनुव्री गाउँपालिका–१ साम्दो पुगेपछि लेक लागेर बिरामी भएका थिए ।
‘हिजो रातिदेखि बिरामी भएको भन्ने खवर आएको थियो’, प्रजिअ भुसालले भने, ‘आज उद्धार भयो ।’ हिमपातका कारण हेलिकप्टर उडानमा समस्या भएकाले उद्धारमा केही ढिलाइ भएको उनले बताए ।
तपाईको प्रतिक्रिया