logo

फेरि विमानस्थलको सर्भर डाउन, हवाई उडान प्रभावित

    1005   पटक पढिएको


२ असोज/अर्थ र व्यापार – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर बिग्रिँदा (डाउन) कम्तीमा तीन वटा विमानको उडानमा रहेका सयौं यात्रुले लामो समय विमानस्थलको अध्यागमन चेकिङमा रोकिनु प¥यो । सर्भर विग्रिएको बेला म्यानुअल्ली कागजात चेक गर्न अध्यागमनका कर्मचारीले ढिलाई गरिदिएका कारण सयौं यात्रुको उडान समेत प्रभावित बन्यो । विभिन्न गन्तब्यको उडानकालागि विमानस्थल पुगेका हवाई यात्रुले संधैको सर्भर डाउन हुने समस्याका कारण अनावस्यक सास्ती भोग्नुपरिरहेको छ । केहीको उडान समेत छुट्ने गरेका कारण यात्रु थप मारमा परेका छन ।
यताबाट जाने मात्र नभएर विभानस्थको अध्यागमन कार्यालयको यात्रु चेक जाँच गर्ने सर्भर डाउन भएपनि विदेशबाट फर्किँदै गरेका सयौं यात्रु पनि अध्यागमन कार्यालयबाट विमानस्थल बाहिर निस्किन ढिलाई हुने गरेको छ ।
अन्तर्राष्ट्रिय उडान भर्ने वायुसेवाहरुको विमानस्थलस्थित संस्था ‘बोर्ड अफ एयरलाइन्स रेप्रजेन्टेटिभ्स इन नेपाल (बान)’ का एक विदेशी प्रतिनिधिका अनुसार, मंगलबार बिहान ९ः१० बजेदेखि बिग्रिएको सर्भर लामो समय बनेको थिएन ।
विमानस्थलको सर्भर बिग्रिएका कारण अध्यागनका कर्मचारीले हातले लेखेर भिसा सम्बन्धी सेवा दिइरहेका छन् । यो जोखिमयुक्त हो । सर्भर बिग्रिँदा बायोमेट्रिक रेकर्ड राख्न सकिँदैन । यसरी नेपालमा रहेको अपराधी उम्किने वा नेपाल पस्ने (लुक्न आउने) उच्च जोखिम हुन्छ ।

विदेशी वायुसेवाका कम्पनीका नेपाली कर्मचारीले सर्भर बिग्रिएपछि अध्यागमन कार्यालयका कम्प्युटरबाट विदेश जाने र फर्किने यात्रुको राहदानीमा छाप लगाउने, भिसा दिने, जरिवाना लगायतका राहदानीसँग सम्बन्धित काममा ढिलाई भएको बताए ।
मंगलबार विमानस्थलको अध्यागमनको सर्भर विग्रिएकै कारण ‘दिल्ली जाने इन्डिगो १७ मिनेट ढिलो मात्र उडेको थियो। यसैगरी, भुटान जाँदैगरेको ड्रियुक एयर पनि समयमै उड्न पाएको थिएन ।
नेपाल वायुसेवा निगमको दिल्ली, थाई स्माइलको बैंकक र इन्डिगोको अर्को दिल्ली उडान पनि निकै डिले भएको थियो । १२ बजेसम्म कम्तीमा ७ सय यात्रु प्रभावित भएको सम्बन्धीत वायुसेवा कम्पनीका प्रतिनिधीहरुले बताएका छन ।
सर्भर बिग्रिएको विषयमा त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालले सिंहदरबारमा रहेको राष्ट्रिय सूचना प्राविधिक केन्द्र (जीआईडीसी) मा सफ्टवेयर अध्यावधिक (अपडेट) गर्नेक्रममा विमानस्थलको सर्भरमा पनि समस्या आएको दावी गरे । तर, राष्ट्रिय सूचना प्रविधि केन्द्रका कर्मचारीले भने सो समस्या केन्द्रबाट नभएर विमानस्थलबाटै भएको बताए ।
विमानस्थलको सर्भर बिग्रिएको यो पहिलो घटना होइन । यसअघि पनि दर्जनौं पटक सर्भर डाउन हुँदा ५ घन्टासम्म उडान प्रभावित भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।