१ असोज/अर्थ र व्यापार – नेपाली महिलाहरुले मनाउँदै आएको हरितालिका तीजमा स्वदेशी मात्र नभइ विदेशी महिलाहरु पनि कम्मर मर्काएर नाच्दै रमाएका छन् । पशुपतिनाथ मन्दिर परिसरमा सोमबार विदेशी महिलाहरुले धुमधामसँग नाचेर तीज गीतमा कम्मर मर्काएका छन ।
विभिन्न देसबाट आएका विदेशी महिलाहरुले पनि राता कुर्ता–सुरुवालमा सजिएर नाचेका छन । उनीहरुले तीज गीतमा केहीबेर नाचेर नेपाली व्रतालु महिलाहरुलाई साथ दिए । आफूहरुसँगै विदेशी महिलाहरु पनि नाच्न थालेपछि नेपाली महिलाहरुले झन् रमाइलो मान्दै उनीहरुलाई नाच्न हौसाएका थिए ।
तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा गर्ने र नाचगान गर्नेहरुको बिहानैदेखि घुइँचो लागेको छ । उनीहरु पूजापछि नाचगान गर्दै रमाइरहेका छन् । नेपालमा मनाइने कतिपय चाडबाडहरु सबै धर्म र सम्प्रदायहरुले आपसमा मिलेर रमाइलो गर्ने गरेका छन् । नेपाली चाडबाडले मनोरञ्जनमात्र नभइ आपसी सदभाव र एकताको सन्देश पनि दिने गरेका छन् । यस्ते एकताको सन्देश दिने उदाहरणीय विदेशी महिलाहरुको नाच भईरहेको सम्बन्धीत सरोकारवालाहरुले बताएका छन ।
तपाईको प्रतिक्रिया