logo

प्रधानमन्त्रीले गरे प्राधिकरणको नयाँ कार्यालय भवनको उद्घाटन,निजगढ विमानस्थल निर्माण कार्य अघि बढाउन ठोस निर्णय लिइने

    249   पटक पढिएको


३१ भदौ/अर्थ र व्यापार – नेपाल नागरिक उड्डयन प्राधिकरणको नयाँ कार्यालय भवनको  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचन्ड’ले उद्घाटन गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि सिनामंगलमा निर्माण भएको सो भवन एक अर्ब ८० करोड रुपैयाँ लागतमा तयार भई उद्घाटन गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य अघि बढाउने गरी मन्त्रीपरिषद् बैठकबाट ठोस निर्णय लिइने बताए । उनले विज्ञ समूहले दिएको सुझावको आधारमा सो विमानस्थलको निर्माण कार्य अघि बढाउने गरी मन्त्रीपरिषद् बैठकले ठोस निर्णय लिने बताए ।
प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमणको क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ सञ्चालन गर्ने विषयमा छलफल केन्द्रित हुने समेत बताए ।
उनले पूर्वाधार विकास र हवाई सुरक्षाको क्षेत्रमा थप स्पष्ट नीति, कार्यक्रम र कार्ययोजनाका साथ अघि बढ्न पनि प्राधिकरणलाई निर्देशन दिए । उनले हवाई सुरक्षाकालागि प्राधिकरणले गरिरहेको यस्तो पहलको खुलेर प्रशंशा समेत गरेका थिए । प्रधानमन्त्री दाहालले विभिन्न जिल्लाहरुमा सञ्चालित विमानस्थलहरुलाई अत्याधुनिक बनाउने विषयमा पनि प्राधिकरणले ध्यान दिने विश्वास समेत व्यक्त गरे ।
अत्याधुनिक र सुविधा सम्पन्न भनिएको यो भवन २०७२ सालको भूकम्पअघि नै निर्माण सुरु भए पनि विभिन्न कारण देखाउँदै सम्पन्न गर्न ढिलाई गरिएको थियो । कुल ३० रोपनी जग्गामध्ये १२ रोपनीमा निर्माण भएको सो भवन नक्सा पास नगरी निर्माण गरिएको भन्दै यसअघि प्राधिकरण र काठमाडौं महानगरपालिकाबीच केही समय बिवाद समेत भएको थियो ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले तीन तले बेसमेन्टसहित कुल १२ तल्ले यस नवनिर्मित भवनमा कर्मचारी र सेवाग्राहीलाई सहजरुपमा सेवा प्रवाह गर्नेगरी अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको बताए । उनले अब यो नयाँ भवनबाट सेवा सञ्चालनमा आएपछि देसको हवाई उड्डयन क्षेत्रमा सकारात्मक प्रवाह पर्ने आफूहरुले आशा लिएको बताए । यस भवनमा ६५ वटा कार, १२० वटा मोटरसाइकल, २५ वटा साइकल पार्किङ गर्ने क्षमता रहेको र फरक क्षमता भएका व्यक्तिमैत्री ढंगले निर्माण गरिएको, सार्वजनिक सुचना प्रणाली, आगो नियन्त्रण प्रणाली, पानी प्रशेधन प्लान्ट, सुचना प्रविधि डाटा सेन्टर रहेको बताउँदै उनले यसमा चारसय जना कर्मचारी काम गर्न सक्ने क्षेमता रहेको जानकारी गराए ।
यस नवनिर्मित भवन उद्घाटनको क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती पनि सहभागी भएका थिए । मन्त्री किराँती र प्राधिकरणका महानिर्देशक अधिकारीबीच यसअघि यही भवनकोबारेमा निकै बिबाद भएपनि पछिल्लो समयमा सम्वन्धमा सुधार आएको प्राधिकरणका कर्मचारीहरुले बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।