logo

‘टुरिस्ट बस नेपाल एप्स’ सञ्चालनमा

    157   पटक पढिएको


१५ भदौ/अर्थ र व्यापार –  ‘टुरिस्ट बस नेपाल एप्स’ सञ्चालनमा आएको छ । यो एप सञ्चालनमा आएसँगै अब आन्तरिक तथा बाह्य पर्यटकले अनलाइन मार्फत बस टिकट खरिद गर्न पाउने भएका छन्।
टुरिस्ट बस एशोसियशन अफ नेपालले काठमाडौमा आयोजित कार्यक्रममा सो एप्स को औपचारिक शुभारम्भ गरेको हो । एसोसियसनले आफ्नै मोबाइल एप्स निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकलाई अनलाइनमार्फत टिकट खरिद गर्ने व्यवस्था मिलाएको जनाएको छ ।
एसोसियसनका अध्यक्ष कृष्ण आचार्यले यसअघि विभिन्न अनलाइन माध्याममार्फत टिकट खरिद गर्दै आएका पर्यटकको सुविधाका लागि बुधबारबाट ‘टुरिस्ट बस नेपाल’ एप्समार्फत टिकट काट्न मिल्ने व्यवस्था गरेको जानकारी दिए ।
आन्तरिक तथा बाह्य पर्यटक नझुक्किउन र उनीहरुलाई टिकट खरिदमा सहजता होस् भन्ने उद्देश्यले यो एप्स संचालनमा ल्याएको बताउँदै आचार्यले भने, ‘यस एप्स मार्फत आफू जान चाहेको बसको टिकट, सिट नं र स्थानकोबारेमा सहजै जानकारी लिएर टिकट लिन सकिनेछ।’
एसोसियसनका प्रथम उपाध्यक्ष भीष्म न्यौपानेले हाल काठमाडौँबाट पोखरा, चितवनको सौराहा, लुम्बिनी, जनकपुर तथा पोखरादेखि लुम्बिनी र सौराहामा झण्डै एकसयवटा पर्यटकीय बसले सेवा प्रदान गर्दै आइरहेको जानकारी गराए ।
यसैगरी, महासचिव मिलन नेपालले संसारको जुनसुकै ठाउँमा बसेर अनलाइन मार्फत खरिद गर्न मिल्ने यो एप्स पर्यटक बसको टिकट बुकिङ तथा खरिदकालागि एकदमै उपयोगी र फलदायी हुने दावी गरे ।
उनले एसोसियसनले आगामी असोजदेखि पोखरादेखि मुक्तिनाथसम्म पर्यटकीय बस संचालन गर्ने तयारी थालेको बताए । एसोसियसनका अनुसार हाल काठमाडौंमा पर्यटकीय बसका लागि छुट्टै बसपार्क नहुँदा अस्थायी रुपमा सोह्रखुट्टेस्थित खुसिबु सडकबाट संचालन हुँदै आएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालले चीनसँग गर्यो विभिन्न सम्झौता, औषधि उत्पादनका लागि बनस्पति निर्यात गरिने

नेपाल र चीनबीच औषधि उत्पादनका लागि बनस्पति निर्यात गरिने लगायत विभिन्न १२ वटा सम्झौता भएको छ ।

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।